सरकार ! राहत कसका लागि ?
कुमार प्याकुरेल
दैलेख ः सन्सार देख्ने दुईवटा आँखा बन्द छन, काम गरिखार्ने दुई हात छैनन, ६ जनाको परिवार छ, काँधमा जिम्मेवारी छ , कोभिड १९ को बन्दाबन्दिले बिश्व जगत त्रसित छ, देश बन्दाबन्दिको अवस्थामा छ, सरकारले बिपन्न परिवारहरूलाई राहत बाडेको छ भनेर सुनेको छु, बन्दाबन्दिको यो समयसम्म न कसैले राहत दियो न कसैले आश्वासननै दिए । नारायण नगरपालिका वाड न ९ कोटिला मन्दिर नजिक बस्दै आएका बल बहादुर रामजाली दुखेसो पोख्छन ।
समाचार छापाका माध्यमहरुमा देखिन्छन सुनिन्छन, यो वडामा यति राहत बाडियो, यो बर्ग, यो समुहका समुदायलाई यती राहत बाडियो, तर त्यो बिपन्न परिवार एउटा अपाङ्ग निमुखाको घरमा न त सम्बन्धित वडा, न त स्थानिय सरकार न कुनै सघ सगठन,न कुनै सामाजिक सस्था, को नाममा नाम बेचेर छापामा रमाउनेहरूको नजर तेहा पुग्यो । नजर पुग्यो त केवल आफ्ना पार्टीका कार्यकर्ता, आसेपासे र केही आफन्तहरूमा, राहतको नाममा भौतारिएका उनले सबै क्षेत्रसङ्ग आग्रह गरे, बिन्ति बिसाए ।
सम्बन्धित वडाकै बडा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी सन्चारकर्मी लगायतका ब्यक्तिहरूसङ्ग पटक पटक कुनै समाजसेवी पत्रकारहरू मार्फत आफुलाई कुनै राहतको पहल गरिदिन आग्रह गरे,आफ्ना समस्या दर्शाय,सबैले आश्वासन मात्र दिए,तर एक किलो चामल लगेर एक पोका नुन लिएर कोहि ब्यक्ति तेहा पुगेनन,उनी भन्छन, सरकारले बाडेको भनेको राहत आखिर कसका लागि रहेछ ? देख्ने आँखा छैनन, काम गर्ने हात छैनन, काँधमा जिम्मेवारी छ, म कसरी आफ्नो परिवारलाई बचाउ, अनि राहत कसको लागि रहेछ भन्दै भक्कानिन्छन उनी ।
उनिजस्तै थुप्रै अशक्त अतिबिपन्न,गरिव समुदायका मानिसहरू पनि यस्तै खालका समस्या छन, न उनिहरूले सम्बन्धित ठाउमा कुरा राख्न पाउँछन् न त उनिहरूको कुराको सुनुवाई हुन्छ ।
सन्सार देख्ने आखा छैनन, काम गरिखाने दुबै हात छैनन, ६ जनाको परिवार छ, काधमा जिम्मेवारी छ, राहत बाडेको सुनेको छु, कही कतैबाट १ किलो चामल पनि सहयोग पाईएन, उता कोरोनाले बाहिर निस्कने नपाईने, यता सरकारले भोकभोकै मार्ने, सरकार यो त अति भएन र ? बल बहादुर रामजाली दुखेको पोख्छन, सरकार आखिर कसका लागि आको रहेछ राहत ?
निह्रय स्थानिय सरकार टुलटुलु असाहाय अशक्त गरिविको मजा हेरेर बसेको छ, कहिले पुग्लान उनिहरूका आँखा ? बल बहादुर रामजाली बसोबास गर्दै आएको वडा नं–९ मा राहत बितरणका लागि गरेको ४१४ जनाको नाम सुरक्षित गरिएकोमा पहिलो चरणमा ७४ जनाले मात्र राहत पाए र बाकि ३४० जनालाई दोस्रो चरणमा राहत बाड्न लागिएको वडा सचिव दिप बहादुर खड्काले बताए ।
राहतमा २ जनाभन्दा माथिका परिवार भएकालाई २५ किलोको १ प्याक चामल,२ पोका तेल, २ किलो दाल दुई पोका नुन र दुईवटा साबुन र दुई वटासम्मका परिवारलाई तेस्को आधा राहत बाडिसकेको र अब छिट्टैनै बाँकी रहेका ३४० जनालाई एकैपटकमा राहत बाडिने र दोस्रो चरणमा बलबहादुर रामजालिले पनि राहत सामाग्री पाउने सचिव खड्काले बताए ।
राज्यले, राहतको नाममा करोडौ रूपया खर्च गरेतापनि यस्ता अशक्त निमुखाहरूका लागि राहत कहिले आउने हो भोकले मर्ने बेला भईसक्यो,भोकले मरिसकेपछिको राहतको के काम सरकार, उता कोरोनाले मार्ने यता सरकारले भोकभोकै मार्ने सरकार अब त अति भएन र ?




