सरकारले सबै सरकारी कर्मचारीको कोरोना बीमा गरिदिने
काठमाडौं : सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए ।
सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बीमा समितिले नयाँ अभ्यास गर्दै नयाँ नीति जारी गरेको थियो ।
समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ ।
परिवारकै बीमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नु पर्नेछ ।
बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना ९पीसीआर परीक्षण० पोजेटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी हुनेछ । (अनलाइन खबर)




