समाजले चिन्न नसकेको महिनावारी
नेपाली समाजमा महिला वर्गले भोग्नुपरेका अनेकौँ समस्याहरु विध्यमान रही आएका छन् । विशेष त महिला भएकै कारण बर्षौ देखि समाजमा आर्थिक सामाजिक, राजनैतिक र धार्मिक आधारका कयौँ समस्या तथा चुनौतीहरु हाम्रा महिला वर्गका अगाडी कायमै रहेको देखिन्छ । यसै पृष्ठ भूमीका आधारमा हरेक बर्ष डिसेम्भर २८ का दिन मनाइने महिनावारी दिवसको यस बर्ष पनी मनाइएको छ कोरोनाको कहरले यस बर्ष त्यस्ता कुनै कार्यक्रम भने भएनन् यसै परिस्थीतीमा रही महिनावारी सन्दर्भमा केही तथ्य सहितको दृष्टिकोण यस लेख मार्फत प्रस्तुत गरिएको छु ।
महिनावारी के हो ?
छोरी मान्छे वयस्क हुदैँ जाँदा उसमा शारिरीक मानशिक तथा सम्वेदनशिल विकास संगै विभिन्न किसिमकाल लक्षणहरु देखा पर्ने गर्देछन् । यसै अनुरुप १२ देखि १५ बर्षको अवधिमा महिलाको प्रजनन् क्षेमता संग सम्बन्धीत एउटा सामान्य प्राकृतिक प्रक्रिया नै महिनावारी हो । जसलाई नेपाली समाजमा नछुने हुनु, पर सर्न वा छुइ हुनुभन्ने गरिन्छ ।
महिला शारिरीक रुपमा परिपक्क भएको संकेत दिने स्वभाविक प्रक्रियाको रुपमा यसलाई लिन सकिन्छ महिनावारी भएको बेला शरिरमा जम्मा भएको भिभिन्न हानिकारक पदार्थहरु रगतको रुपमा योनिमार्गबाट बाहिरिने गर्देछ ।
यो अवधि ३ देखी ५ दिन सम्मको हुने डक्टरहरु बताउँछन । यसर्थ स्वास्थ्यका दृष्टिकोणले महिनावारीलाई महत्वपूर्ण मानिने गरिन्छ ।
सामाजिक दृष्टिकोण ः
महिनावारी भएको अवस्थालाई नेपाली समाजले भने सहजै वा स्वभाविक रुपमा लिने गरेको पाइदैना ।
फलस्वरुप यस्तो अवस्थामा महिलालाई परिवारिक तथा सामाजिक विभेद गर्ने गरिन्छ । धार्मिक आश्था र अन्धविस्वासले गर्दा यस्तो अवस्थामा महिलाले कसैलाई छुन नहुने, उसले छोएको पानि लगाएत अन्य आनेकुरा खाना नहुने जस्ता रुढीबाढी मान्यताहरु समाजमा रहि आएका छन् । यस्ता रुढीवादी मान्यताको प्रभावमा परेर परिवारले महिनावारी भएको महिलालाई निश्चीत अवधिसम्म बहिस्कार गर्ने गरेका थुर्पै उदारणहरु छन् ।
जसले गर्दा नेपाली समाजमा छाउप्रथा, गोठेप्रथा जस्ता अमानविय प्रचलनहरु चल्दै आएका छन् । यस सन्दर्भमा नेपालको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश मा तुलनात्मक रुपमा महिनावारी सम्बन्धी यस्ता प्रथाहरु अधिक रुपमा रहेको पाइन्छ ।
जसले गर्दा बेलाबेला छाउ गोठ बस्ने महिला मेरेको सर्पले डसेको बलात्कार भएको जस्ता अतेन्तै दुखत घटनाहरु आइरहेका हुन्छन् ।
२१ औँ सताप्दीको यो युगमा बिज्ञान र सुचना प्रविधिको आविस्कार भई प्रयोगमा आइसक्दा समेत हाम्रो समाजमा महिनावारी सम्बन्धी सामाजिक सोचमा परिवर्तन नआउनु दुखद पक्ष मान्न सकिन्छ ।
ब्यवहारीक दृष्टिकोणले हेर्ने हो भने महिनावारीको अवधीमा पारिवारीक माया र थप स्वास्थ्य आहारको आवश्यकता पर्ने गर्देछ । उक्त अवधिमा हुने रक्तश्रापले गर्दा महिलाको स्वास्थ्यमा थकान महसुस हुने जिउ भारीहुने पेट तथा टाउँको दुख्ने लक्षण समेत देखा पर्ने गर्देछन् । यस्तो अवस्थामा उनिहरुलाइ झन पोसिलो खानेकुरा आवश्यक पर्ने भए पनि परम्परा देखिको सोचका कारण उनिहरुलाइ यस्ता कुरा दिइदैना ।
बरु महिलामा सामाजिक रुपमा दवाब सिर्जना भएको देखिन्छ । यस्तो अवस्थामा पारिवारीक तथा सामाजिक व्यवहारले गर्दा कतिपय महिलाहरुमा अनेकौँ स्वास्थ्य तथा मानसिक समस्याहरु देखा पर्ने गर्दछन् ।
अर्को तिर समाजमा महिनावारीको विषयमा खुलेर बहस हुन नसक्दा महिलाले आफ्ना समस्याहरुलाई जवरजस्ती दबायर राख्ने वा सहेर बस्नुपर्ने बाध्यता छ ।
यसरी महिनावारीलाई समाजले नकरात्मक रुपमा दिने हुँदा यसलाई सामाजिक समस्याको रुपमा लिन सकिन्छ ।
महिनावारी सम्वन्धि दृष्टिकोणमा आएका सकारात्मक परिर्वतनहरु ः
पछिल्लो समयमा महिनावारीलाई व्यवहारिक, स्वभाविक, प्राकृतिक रुपमा लिइनुपर्ने विषयमा संकुचन रहित ढंगबाट बहस गर्ने गरेको पाइन्छ ।
यसका निम्ती विभिन्न सञ्चार माध्यमबाट चेतनामुलक कार्यक्रम प्रसारण गर्ने, प्रजनन स्वास्थ्य सम्वन्धी विषयहरुलाई प्रशारण बारे प्रकाशन गर्ने, शैक्षीक ठाठ्य सामाग्रीहरुको यस्ता विषयमा समावेश गर्ने लगायतका कार्यहरुले मानिसमा यस सम्बन्धी विषय प्रस्तुत गर्ने र बुझ्न सहज भइरहेको छ । जसले गर्दा नेपालका सहरी क्षेत्रमा ग्रामिण क्षेत्रका भन्दा तुलनात्मक रुपमा चेतानामा परिर्वतन भएको पाइन्छ ।
कतिपय पछेल्लो पुस्ताका किशोरीहरुले आफ्नो परिवारमा खुलेर कुरा राख्न सक्नु महिनावारी चक्रलाई स्वभाविक मान्न वाध्य पार्नु,पारिवारिक मान्यता तोडीनु जस्ता कार्यहरु नभएका भने होइनन् । तर यस सम्वन्धी धारणलाई पूर्ण सकारात्मक बनाउन भने सकिएको छैन ।
महिनावारीलाई स्वभाविक नमान्नुका कारणहरु ः
रजस्वाला भएको किशोरीलाई वहिस्करण गर्ने अनेकौँ कारणहरु रही आएका छन् । विशेषत ः ब्राहमण र क्षेत्री समुदायमा यस्ता प्रचलनहरु रहेको पाइन्छ । नेपाली समाजको जात तथा वर्ण व्यवस्थालाई यसको मुख्यकारण मान्न सकिन्छ ।
किनभने जात वा वर्ण व्यवस्थाले समाजलाई विभिन्न वर्गमा विभाजित पारेर राखेको छ । जसमध्य पनि महिलालाई दोस्रो दर्जाको रुपमा लिएर पित्रृसतात्मक राज्यको परिकल्पना गरि समाज सञ्चालनमा रहि आएको छ ।
त्यस्तै धार्मिक आस्था वा परम्पराले यस समस्यालाई थप पेचिलो बनाइदिएको छ । रजस्वला भएको महिलाले छाइछुई गरे धार्मिक कार्य अपवित्र हुने, कुल देउता रिसाउने, वोट विरुवा नाश हुने जस्ता गलत मान्यताहरुले समाजमा अझै जरा गाडेर बसेको देखिन्छ ।
गलत मान्यता र रुढीवादी विचारहरु क्रमश ः पुस्तानतरण हुदै जानु अर्को समस्याको रुपमा रहेको छ । धर्म वा मान्यताको रक्षा गर्नुलाई नै आफ्नो कर्तव्य मान्ने सोचाइले पनि रजस्वालाई स्वभाविक रुपमा लिन सकिरहेको छैन ।
निष्कर्षमा ः
महिनावारीलाई नेपाली समाजमा सास्कृतिक पक्षसंगै जोडेर हेर्ने गरेको पाइन्छ, जस अन्तर्गत महिनावारी भएको वेला धार्मिक कार्यमा सहभागी हुन नहुने खाना, भान्सा पानी पंधेरो जस्ता स्थल केरेसाबारी जथाभावी छुन वा करेसाबारीमा काम गर्ने नहुने जस्ता गलत मान्यताहरु अझै नेपाली समाजमा व्याप्त रहेको पाइन्छ । खासगरी नेपालको सुदुरपश्चम र कर्णाली प्रदेशमा भने यस्ता कु–पर्थाहरुले जरा गाडीरहेको परिस्थीत छ । यद्यपी नेपालमा विकसीत भनीएका सहर तथा राजधानीहरुमा समेत महिनावारीलाई अझै सहज तथा सामन्य रुपमा हेर्ने दृष्टिकोण भने पूर्ण रुपमा निर्माण भएको छैन ।
जसको कारणले उक्त अवधीमा महिलाले सामाजिक तथा मानसिक रुपमा दवाव खेप्नुपर्ने स्थिति विद्यमान रहेको छ । यसर्थ महिलाको महिनावारी प्रक्रियामा भोग्नु परेका समस्यालाई निराकरण गर्ने तल्लो स्तर सम्मनै व्यापक रुपमा प्रभावकारी जनचेतना अभिबृद्धी गर्न जरुरी देखिन्छ ।
धार्मीक जातिय वा वर्गीय हिसाबले जडिएर रहेका रजस्वाला सम्बन्धी गलत मान्यताहरुलाई सामाजिक वा कानुनी अस्त्रको प्रयोग मार्फत भत्कादिनु अर्को महत्वपुर्ण कदम हुनेछ ।
लेखक : रमा रेग्मी
भगवतीमाई -३, दैलेख- हाल :काठमाण्डाै




