Loading... आजः २०८३, २ बैशाख बुधबार

दैलेखमा कर्णाली प्रदेश स्तरिय उघम,कृर्षि,पर्यटन तथा औघोगिक व्यापार मेला हुने

दैलेख: उघोग बाणिज्य संघ दैलेखले कर्णाली प्रदेश स्तरिय उघम,कृर्षि,पर्यटन तथा औघोगिक व्यापार मेला गर्ने भएको छ ।
आईतबार दैलेखी सेवा समाज,काठमाडौको त्रिपुरेश्वर स्थित कार्यालयमा आयोजित चौथो दैलेख महोत्सव सम्बन्धि कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत गरियको पत्रकार सम्मेलनमा दैलेख उघोग बाणिज्य संघले कर्णाली प्रदेश स्तरिय उघम,कृर्षि,पर्यटन तथा औघोगिक व्यापार मेला २०८३ दैलेखको काडाचौरमा सन्चालन गर्ने भएको छ ।

उघम,कृर्षि,पर्यटन तथा औघोगिक व्यापारको प्रबद्दनको मुख्य उदेश्य राखेर गर्न लागियको उक्त मेला २०८३ बैशाख ७ गते देखि शुरू भई १९ गतेसम्म रहने साथै उक्त महोत्सवमा ३५० भन्दा बढी ब्यापारिक स्टलहरू रहने,उक्त स्टलमा स्थानिय रैथाने बालीबाट उत्पादित फलफुल, तरकारी,बिउ बिजन,घरेलु उघोगबाट निर्मित छालाको जुत्ता गारमेन्ट,स्थानिय कच्चा पदार्थबाट निर्मित मालसामनहरू लगायत सुचना प्रबिधिसम्मका स्टलहरू प्रदशनिमा राखिने दैलेख उघोग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले बताए ।

प्रदेश स्तरिय औघोगिक व्यापार मेलाहुने भएकोले उक्त कार्यक्रम भब्य र शब्य रूपमा सञ्चालन गर्न आवश्यक तयारिहरूमा लागेको र उक्त मेला अवलोकन गर्न कर्णाली प्रदेश लगायत विभिन्न ठाउहरूवाट करिब दुईलाख भन्दाबढी दर्शकहरूले महोत्सवको अवलोकन गर्ने र सो अबधिभर करिव ढाई तीन करोड भन्दा बढी कारोवार हुने अध्यक्ष थापाले बताए।

नेपाली भाषाको पहिलो शिलालेख भएको ठाउँ पञ्चकोशी क्षेत्र जहाँ अखण्ड ज्वाला सदियौदेखि बलिरहेको ठाउँ एतिहासिक पाच पाण्डबहरूद्वारा निर्मित देवलहरू, धार्मिक क्षेत्र, विभिन्न प्राचीन सम्पदाहरूको व्यापक प्रचार प्रसार धार्मिक पुरातात्विक तथा पर्यटकिय स्थलहरूको प्रचुर सम्भावना बोकेको दैलेखको व्यापक प्रचार प्रसार नभएकै कारण ओझेलमा परेको हुदा यि र यस्त खालका मेला महोत्सवले जिल्लालाई बिश्वसामु चिनाउनका लागि जिल्लामा मेला महोत्सव आयोजना गर्न लागियको अध्यक्ष थापाले बताए ।

निजी क्षेत्रकै सवालमा अगुवाई,बहस,पैरबी गर्ने सस्था उघोग बाणिज्य संघ दैलेखले आयोजना गर्नलागेको मेलामा जिल्लामा वडा तह स्थानिय तह,स्थानिय प्रशासन,प्रदेश उघोग बाणिज्य संघ सुर्खेत, नेपाल उघोग बाणिज्य महासंघ केन्द्रीय कार्यालयसङ्ग समेत उपयुक्त सहयोग सल्लाहका साथ उक्त निकायहरूको महोत्सव सन्चालनमा अनुमति दिनुका साथै भरपुर सहयोग गर्ने बचन पाएको पुर्व अध्यक्ष याम बहादुर मल्लले बताए ।

छोटो समयको बाबजुदपनि दैलेखी सेवा समाजले काठमाडौमा शुभेच्छुक सञ्चारकर्मिहरू तथा दैलेखी मनहरूलाई मिलाउन आबश्यक सहयोगि भुमिका निर्वाह गरेकोमा अध्यक्ष प्रताप शाही तथा समाजका अगुवा बुद्दीजिवि लगायत उपश्थित सबैमा संघले धन्यबाद ज्ञापन गरेको थियो ।

समाचार