दैलेखमा कर्णाली लोक, नृत्य एवम सास्कृतिक सम्मेलन
दैलेख: नौेमुले गाउपालिकाको नौमुले बजारमा जिल्लामै पहिलो पटक कर्णाली लोक नृत्य एंवम सास्कृतिक सम्मेलन शुरू भएको छ ।
कर्णाली प्रदेशको लुकेको मौलिक नृत्य,लोक नृत्य,र नाट्य बिधाको संरक्षण एवम प्रबद्दन गर्ने उदेश्यले दैलेखको नौमुलेमा कर्णाली लोक नृत्य एंवम सास्कृतिक सम्मेलनको आयोजना भएको हो ।
कर्णाली प्रदेशका दशैवटा जिल्लाहरूको मौलिकता झल्कने मौलिक लोक,नृत्य नाट्य एउटै मञ्चबाट गरिने उदेश्यले आयोजना गरियको उक्त सम्मेलन शुक्रवार एक कार्यक्रम बिच औपचारिक उद्घघाटन गरि सम्मेलन शुरू भएको हो ।
शुक्रवार सन्चालनमा आयको उक्त सम्मेलन भोलीसम्म चल्नेछ,उक्त सास्कृतिक सम्मेलनको पहिलो दिनमै कर्णाली झल्कने विभिन्न बिधा अन्तर्गत स्थानिय मारूनी नाच द राईजिङग गुर्पको राउटे नाच,स्थानिय महिलाहरूको पञ्चेवाजा,स्थानिय झाकि, छिमेकि जिल्ला हुम्लाको पैचरि नाच लगायतका कर्णालीका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो ।
नेपाल संगित तथा नाट्य प्रतिष्ठानको आयोजना भएको उक्त सम्मेलन प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बखत बहादुर शाहीको अध्यक्षतामा भएको थियो भने कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्रि घनश्याम भण्डारिको प्रमुख आतिथ्यता रहेको थियो भने नौमुले गाउपालिका अध्यक्ष छवि सुवेदी,र मधुशन गिरिको विशेष आतित्यतामा सम्मेलन शुरू भएको छ ।
आज चलेको सम्मेलनमा स्थानिय लोक नाच,नृत्य झाकी सगै कालाकारहरूले आफ्नो प्रस्तुति दियका थिय, कालकारहरू सपना शाही, बिनोद बिक, संगिता बडुवाल,टेकराज भण्डारी लगायतका कलाकारहरूको प्रस्तुति रह्यो भने भोलि सम्पन्न हुने सम्मेलनमा टिका पुन लगायतका राष्ट्रिय कलाकारहरूको साथमा थप रमाईलो हुने आयोजकले जनायको छ भने सम्मेलन भोलीसम्म चल्ने भएको छ ।




