चौथो दैलेख महोत्सवको तयारी पूरा
दैलेख उघोग बाणिज्य संघ दैलेखले कर्णाली प्रदेश स्तरिय चौथो उघम कृर्षि पर्यटन तथा औघागिक व्यापार मेला २०८३ को तयारी पूरा भएको छ ।
कृर्षी उघम पर्यटन र व्यापार,समृद्द दैलेखको मुल आधार भन्ने मुलमन्त्र ठानी कर्णाली प्रदेश स्तरिय चौथो उघम कृर्षी पर्यटन तथा औघोगिक ब्यापारिक मेला २०८३ को तयारि पुराभयपछि भोली सोमबार एक औपचारिक कार्यक्रमबिच समुद्घघाटन हुने भएको छ ।
कर्णाली प्रदेशका प्रबक्ता समेत रहेका भुमि ब्यबस्था तथा कृर्षी सहकारी मन्त्रि बिनोद कुमार साहको प्रमुख आतिथ्यतामा मेलाको उद्घघाटन हुने भएको छ, भने बिशिष्टअतिथिहरूमा कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्रि घनश्याम भण्डारि,बिशिष्ट अतिथिमा नेपाल उघोग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धन बहादुर रावत लगायत विभिन्न विशिष्ट ब्यक्तित्वहरूको उपश्थितिमा मेलाको समुद्घघाटन हुने आयोजक सस्थाका अध्यक्ष नरेन्द्र थापाले बताए ।
उघम कृर्षी पर्यटन तथा औघोगिक ब्यापारको प्रबद्दनको मुख्य उदेश्य राखेर सन्चालन गर्न लागिएको महोत्सव बैशाख
७ गते सन्चालनमा आई बैशाख १९ मा सम्म रहने र उक्त मेलामा १८० भन्दा बढी ब्यापारिक स्टलहरू रहने र उक्त मेला अवलोकन गर्न कर्णाली प्रदेश लगायत बिभन्न जिल्लाहरूबाट करिव २/३ लाख बढी दर्शकहरूले अवलोकन गर्ने र सो मेला अबधिभर करिव २ करोड बराबरको कारोवार हुने उपाध्यक्ष धुर्व बिक्रम थापाले बताए ।
मेलाको मुख्य आकर्षकको रूपमा यो पटक जलपरी रहेको र अन्य मनोरञ्जनका पिङ्ग,बोट लगायत विभिन्न मनोरञ्जनका सामाग्रिहरू रहेको आयोजकले बताएका छन्





