राज्यको मोडल खराव भएकै कारण निजी क्षेत्रले घाटा बेहोरिरहेको छ: मन्त्रि शाह
राज्यको खराव मोडेल भएकै कारणले निजि क्षेत्रले घाटा बेहोर्नु परिरहेको छ ।
दैलेख उघोग बाणिज्य संघ,दैलेखले आयोजना गरेको चौथो दैलेख महोत्सवको उद्घघाटनसत्रको अवसरमा कर्णाली प्रदेशका प्रबक्ता समेत रहेका भुमि ब्यबस्था तथा कृर्षि सहकारी मन्त्रि बिनोद शाहले निजि क्षेत्रले लिने नाफामा सरकारले ईर्ष्या,गरेको कारण निजी क्षेत्रले गति लिन नसकेको बताए ।
राज्यले बनाएको कानुन एेन संसोधन गर्नुपर्छ राज्यका केही कानुनले गर्दा निजी क्षेत्र निरूत्साहित हुने अकस्थामा छन्,निजी क्षेत्रमाथी सरकारले लगायका अङ्कुश अलि खुकुलो नभए निजी क्षेत्र अगाडि बढ्न नसक्ने शाहले बताए ।
राजनैतिक दलहरूका पार्टिका कुरा नगर्न, अब राजनैतिक एजेन्डा लियर गाउ नपस्न सुझाव दियका छन्,जनतालाइ समृद्द बनाउन कसरी सकिन्छ,सो कार्य गर्न राजनैतिक दलहरूलाई सुझाव दियका छन् ।
सोमबार देखि आयोजना गरिएको चौथो दैलेख महोत्सव २०८३ समुद्घघाटनको प्रमुख अतिथिको रूपमा आएका शाहले दैलेख महोत्सव सफलताको शुभकामना ब्यक्त गरेका छन् ।
महोत्सव बैशाख ७ देखि शुरू भई बैशाख १९ मा समापन हुने भएको छ,महोत्सव दैलेख उघोग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भयको थियो भने विशिष्ट अतिथिमा कर्णाली प्रदेश सरकारका सामाजिक बिकास समितिका सभापति पुर्ण चालिसे,विशेष अतिथि नेपाल उघोग बाणिज्य महासंघ कर्णाली प्रदेशका सभापति धन बहादुर रावत,जिल्लास्थिति राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरू,प्रमुख जिल्ला अधिकारि आनन्न सारू,सुरक्षा निकायका प्रमुखहरू,पत्रकार महासघ कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष बिष्णु शर्मा ,पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष,अमर सुनार,लगायतको उपश्थिति रहेको थियो





