दैलेखकाे नाभिस्थानमा भाेलीदेखि पञ्चकाेशी धार्मिक पर्यटन मेला हुने..

दैलेख, वैशाख १२ गते। दैलेखकाे नाभिस्थानमा भाेलीदेखि पञ्चकाेशी धार्मिक पर्यटन मेला हुने भयकाे छ ।दैलेखकाे दुल्लु नगरपालिका १० स्थित पञ्चकाेशी धाम मध्यकाे एक धाम नाभिस्थान मन्दिर परिसरमा पञ्चकाेशी क्षेत्र बिकास सस्था दैलेखकाे अायाेजनामा बैशाखकाे १३ देखि १९सम्ममा धार्मिक मेला हुने भएकाे छ ।
धर्म सस्कृति र पर्यटनकाे संगम,पञ्चकाेशी मेला हाम्राे पहिचान, भन्ने मन्त्र लियर शुभारम्भ हुने भनियकाे धार्मिक मेलाकाे अाबश्यक सम्पुर्ण तयारीहरू पूरा भएकाे मुल अायाेजक समितिका अध्यक्ष एवम पञ्चकाेशी क्षेत्र बिकास सस्थाका अध्यक्ष नवीन याेगीले बताए।
नेपाल भारत लगायतका हिन्दु धर्मालम्बिहरूकाे अास्थाकाे केन्द्र र पञ्चकाेशी क्षेत्रकाे महत्व राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन प्राकृतिक,ऐतिहासिक,पुरातात्विक तथा सास्कृतिक पक्षलाई उजागर गर्न,धार्मिक पर्यटक मार्फत पुर्वाधारकाे तिब्र बिकासकाे उदेश्यका साथ धार्मिक मेला अायाेजना हुन लागेकाे अायाेजकले बताएकाे छ ।अास्था, सस्कृति र पर्यटनकाे अनुपम संगम दैलेख जिल्ला स्थित पञ्चकाेशी धार्मिक तिर्थस्थलहरू,शक्तिपिठ धार्मिक गन्तब्यकाे हिसावले हजाराै बर्ष देखिकाे सभ्यता सस्कार र अाध्यात्मिक चेतनाकाे जिवित धराेहर हाे । बिभिन्न पुराणहरू मध्य बिशेषगरेर स्कन्द पुराणमा बैष्णावर(ज्वाला/अग्नि) क्षेत्रकाे रूपमा वर्णन गरियकाे पाईन्छ । एस क्षेत्रका दिब्य ज्वाला क्षेत्रहरू,पाैराणिक तिर्थस्थल,माैलिक सस्कृती र शान्त बाताबरणले पञ्चकाेशी क्षेत्रमा अाउने जाे काेहि श्रद्वालु भक्तजनहरू धार्मिक पर्यटकहरूलाई यहाकाे शान्त वातावरण,नदी तट,सुन्दर प्रकृतिमा अात्मिक शान्ति र मनलाई छुट्टै अानन्दित गहिराे अनुभुतिकाे स्पर्शकाे महशुश गर्नेछन्।
पञ्चकाेशी तिर्थ स्थलहरूमध्यकाे एक धाम नाभिस्थानमा भगवान शिवले सतिदेवीकाे मृत शरीर काधमा बाेकेर परिक्रमा गर्दै गर्दा विभिन्न अङ्गहरू खसेकाे ठाउमध्य नाभिस्थानमा नाभि खसेकाे पतन भएकाे ठाउँ नाभिस्थान क्षेत्रमा अाजपनि अखण्ड ज्वालाकाे रूपमा ज्वाला जिवित रहेका छन्,एस पावन भुमिमा स्नान गर्नाले पुजा अर्चना गर्नाले मनाेकामना शिद्द हुने र पिण्डदान र अन्तेष्टि गरे स्वर्गकाे द्वार खुल्ने जनबिश्वास छ।
एस धार्मिक मेला अबिधिभर स्कन्द पुराण बाचन गरिने साथै साे धार्मिक मेला अबधिभर धार्मिक प्रवचन तथा अाध्यात्मिक सत्सर्ग,भजन किर्तन तथा पुजा कार्यक्रम,पञ्चकाेशी क्षेत्रकाे धार्मिक यात्रा एंवम दर्शन,पर्यटन प्रवद्दन,हरेक दिन बिहान बटुकहरूद्वारा स्वष्तिक बाचन र हरेक साझ अारति कार्यक्रम रहेकाे र साे दिब्य पञ्चकाेशी धार्मिक पर्यटन मेला अबधिभर प्रमुख कथा बाचिका १८ बर्षिय,पुज्य माता कृर्ति किशाेरिजीकाे मुखारबिन्दबाट रसबिन्दुवाट कथा पुराण बाचन हुने सस्थाका अध्यक्ष याेगीले बताए ।





