Loading... आजः २०८३, ६ जेष्ठ बुधबार

दैलेखको महेन्द्र मा.बि.मा प्रि डिप्लोमा तहका प्रशिक्षार्थीहरूलाई मोटिभेसन तालिम

दैलेखः दैलेखको महेन्द्र मा.बि. मा प्रि डिप्लोमा तहमा अध्ययनरत प्रशिक्षार्थीहरूलाई एक दिने मोटेभेसन तालिम दिईएको छ ।

दैलेखको नारायण नगरपालिका वडा नं ५ स्थित भैसिखोरमा रहेको महेन्द्र माध्यमिक बिघालयमा सञ्चालित २४ महिने प्रि डिप्लोमा तहमा अध्ययनरत ५२ जना प्रशिक्षार्थीहरू लागि एक दिने पेशागत मोटिभेसन(अभिप्रेरणा) स्तरको तालिम दिईएको हो ।

प्रशिक्षार्थीहरूलाई प्रि डिप्लोमा तहको शिभिल ईन्जिनियरिङ्ग(भवन निर्माण) तालिमको महत्व यस क्षेत्रमा रहेका अवसर फाईदा र राज्यले गरेको लागानिको औचित्य बुझाउदै पढाईप्रति आकर्षित गर्ने,पढ्दै पनि कमाउदै पनि भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना भएको हो।

औघोगिक प्रशिक्षार्थी तालिम अन्तर्गत बिघार्थीहरूले पुर्ण रूपमा निशुल्क अध्ययन गर्न पाउने ब्यबस्था रहेको छ,यसका साथै बिघालय र उघोगमा उपश्थित भयको दिनको आधारमा दैनिक रू १०० का दरले यातायात खर्च, पोशाक खर्च,दुर्घटना बिमा र निर्माण कम्पनिमा सीप सिक्ने क्रममा पकेट खर्च समेत प्राप्त गर्ने गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल उघोग बाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य कुमार प्याकुरेलले गर्नु भएको थियो भने,रितु कन्ट्रक्सनका प्रबन्ध निर्देशक जनक शर्माले तालिमको सहजीकरण गर्नु भएको थियो,अतिथिका रूपमा सीप बिकास ईकाई संयोजक हृदेश कुमार केसी र अतिथिकै रूपमा ईन्स्योर परियोजनाका प्राबिधिक अधिकृत रतन बहादुर बिकले तालिमको उदेश्यमाथी प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रम नेपाल उघोग बाणिज्य महासंघ कर्णाली प्रदेश सुर्खेतको समन्वयमा दिगो तथा सम्मानित रोजगारिका लागि सीप परियोजना हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय मार्फत सन्चालन भएको हो ।टिभेट प्रणाली मार्फत युवा महिला तथा पुरूषहरूलाई सामाजिक एवम आर्थिक लाभ दिलाउने मुख्य उदेश्यका साथ कर्णाली प्रदेशका यस्ता खालका बिभिन्न सिपमुलक क्रियाकलापहरू भईरहेका छन्

समाचार

सम्बन्धित समाचार