Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

सांसद बिशुन्केको पहलमा स्वास्थ्य सामग्री दैलेख अाउँदै

 दैलेख ः  दैलेख बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने  सामानुपातिक सांसद पार्वती विशुन्केले दैलेखमा अाइतबार  स्वास्थ्य सामग्री पठाएकी छिन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण जिल्लामा आवश्यक स्वास्थ्य सामग्रीहरु आइतबार पठाएको उनले बताइन् । ती सामग्रीहरु  (अाज) सोमबार जिल्लामा पुग्नेछ । कर्णाली प्रदेशमै पहिलो पटक ५ जेठमा दैलेख आठबिसका एक पुरुषमा कोरोना पोजेटिभ देखिए संगै दैलेखमा काेराेनाकाे उच्च जाेिखम छ ।

त्यसपछि लगातार संक्रमितहरु थपिँदै गएको छ । आइतबार साँझसम्म १२३ जना पोजेटिभ देखिएका छन् भने एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

सक्रिय सांसदको रुपमा चिनिने उनी भन्छिन्, “समानुपातिक सांसदहरुले काम गर्दैनन्, जिल्लाका जनताप्रति उत्तरदायी हुँदैनन् भन्ने खालको सोच छ तर यो बन्दाबन्दीमा काठमाडौं बसेर सँधै जिल्लाको आवश्यकता पुरा गर्नतिर लागिरहेँ ।”

समाचार