Loading... आजः २०७८, ४ असार शुक्रबार

कसरी सम्भव भयो अस्ट्रेलियामा कोरोना नियन्त्रण ?

हाल अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित निको हुने दर उल्लेख्य मात्रामा बढेको छ भने नयाँ संक्रमित देखिने दर पनि घटेको छ ।

सरकारी तथ्यांकका अनुसार अष्ट्रेलियामा हालसम्म ९२ प्रतिशत कोरोना संक्रमितहरु निको भइसकेका छन् भने बाँकी रहेका बिरामीहरुको स्थिति पनि सामान्य हुँदै गएको छ ।

ष्ट्रेलियामा कोरोना महामारीको सुरुआतदेखि यो समाचार तयार पार्दासम्म संक्रमितहरुको संख्या कूल सात हजार १९५ रहेको छ, जसमध्ये ६ हजार ६१६ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म अष्ट्रेलियामा यो महामारीका कारण मृत्यु हुनेको संख्या १०३ छ ।

अष्ट्रेलियामा सबैभन्दा पहिला जनवरी २५ का दिन चीनको वुहानबाट भिक्टोरिया राज्यको मेलबर्न फर्केका एक व्यक्तिमा संक्रमण देखिएको थियो ।

मार्चको अन्त्यसम्ममा संक्रमितहरुको संख्यामा गुणात्मक वृद्धि भए पनि त्यसपछिका दिनहरुमा निरन्तर कमी आउन थाल्यो ।

समाचार तयार पार्दाको दिनसम्म अष्ट्रेलियाका आठ वटा राज्यहरुमध्ये ५ वटा राज्यहरुमा नयाँ संक्रमितहरुको संख्या शून्य रहेको छ भने अन्य राज्यहरुमा पनि संक्रमणको संख्या निकै घटेको छ । संक्रमण घटेसँगै राज्यहरुले लगाएका विभिन्न प्रतिबन्धहरु केही खुकुलो बनाउँदै लगेका छन् ।

कसरी नियन्त्रण भयो अष्ट्रेलियामा कारोना ?

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण कम हुनुमा (हालसम्मको तथ्यांक हेर्दा) थुप्रै कारणहरु छन् । सरकारको तदारुकता, नागरिकहरुले पालना गरेको अनुशासन, सहकार्यलगायतका कुराहरुले पनि कोरोना संक्रमणमा कमी आएको अधिकारीहरु बताउँछन् । त्यति मात्र होइन, कोरोना संक्रमितहरुको नि:शुल्क उपचार, संक्रमितसँग नजिकको सम्पर्कमा आएकाहरुलाई सरकारी सुविधासहितको दुइहप्ते क्वारेन्टिनको व्यवस्थासमेत सरकारले व्यवस्था गरेको थियो । यिनै कारणहरुले पनि अष्ट्रेलियामा कोरोना नियन्त्रण गर्न सजिलो भएको सरकारी अधिकारीको मत छ ।

कोरोना नियन्त्रणमा छुट्टाछुट्टै राज्यले आफ्नो मौलिकता अनुसार फरक-फरक तरिका अपनाए पनि अष्ट्रेलियाभर कोरोना नियन्त्रण हुनुमा मुख्यतः यी चार विधिहरुले काम गरेको देखिन्छ ।