Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

समाजसेवी शाही द्वारा क्वारेन्टिनमा बसेकाहरूलाई सहयोग

कुमार प्याकुरेल
दैलेखः जिल्ला गुराँस गाउपालिका वाड नं. ५ जन्मघर भएका र हाल बिरेन्द्रनगर सुर्खेतमा बस्दै आएका समाजसेवी भरत कुमार शाहीले गुराँस गाउँपालिका वाड न ५ स्थित श्री पार्वति उच्च माध्यामिक को क्वारेन्टिनमा बसेका १२५ जनालाई राहतका सामानहरू बितरण गरेका छन् ।
राहतमा उनले १२५ जनालाई खाजाका लागि चाउचाउ,चिउरा, चिनि चियापत्ति,र ब्यक्तिगत सरसफाईतर्फ सेनिटलाईजर,मास्क गोल्वस् डिटोल साबुनहरू बितरण गरेका हुन् ।
गुरासँ गाउँपालिका अध्यक्ष खेमराज वली र सोही ५ नम्बर वडाका वडा अध्यक्ष सुरेन्द्र महताराको रोहबरमा उनले उक्त क्वारिन्टनमा बसेका युवाहरूलाई राहत बाडेका थिए । जन्मघर गुरास ५ गोगनपानि भएका उनी हाल बिरेन्द्रनगर सुर्खेतमा बस्दै आएका छन् ।

शाहीले आफु जन्मेको वडामा भारत लगायत तेस्रो मुलुकबाट आएका ब्यक्तिहरूलाई स्वास्थ्य सामाग्रि लगायत खानाका सामाग्रिहरू बाडेका थिए ,शाहीले आफ्नो अध्ययन गरेको विद्यालय र आफु जन्मेकै वडा भएका कारणले पनि सङ्कटमा परेका युवाहरूलाई सानो भएपनि सहयोग गर्ने मन भएकाले राहत बितरण गरिएको शाहिले बताए ।

समाचार