बाच्नको लागि घर ‘क्वारेन्टिनमै मृत्यु’

कृष्णप्रसाद अधिकारी
दैलेख: जिल्लाको दुल्लु नगरपालिका वडा नं ११ का एक जनाको शनिबार दुल्लु नगरपालिका वडा नं ७ मा रहेका नेपाल विधुत प्राधिकरणको भवनमा मृत्यु भयो ।
दुल्लु नगरपालिका ११ का ३५ वर्षीया पुरुषको मुत्यु भएको आठ घण्टापछि मात्र उनमा कोरोना संक्रमण भएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले पुष्टि गर्याे । १४ महिना भारत बसेर आएका उनी क्वारेन्टाइन बस्नुभन्दा १० दिनअघि कोरोनाबाट बच्न आफ्नो घर आए । कोरोनाको संक्रमण जताततै फैलिरहेकोले उनलाइ पनि कोरोना भाइरस लागेको हुन सक्ने भन्दै दुल्लु नगरपालिकाले नगरपालिका भित्र ल्याएर क्वारेन्टिनमा राख्यो ।
कोरोना बाट बच्नको लागि घर आएका उनले घर परिवार नै भेट्न पाएनन् । यदि कोरोनाकै कारण मर्नु थियो भने उनि किन घर फर्केथे होला, बाच्नका लागि घर फर्केका उनि क्वारेन्टिनमै मरे, विहाना चिया खाएर बसेका उनि एकासी मरेको बुझिएको छ ।
यदि उनि अन्य कुनै विरामी नभएई कोरोनाकै कारण नमरेका पनि हुन सक्छन तर उनि मरेपछी कोरोना पोजेटिभ आइदिइएकोले कोरोनाकै कारण मरेको भन्ने भयो । चिया नास्ता खाएर बसेका उनि बेहोस भएको खबर पाए पछि दुल्लु खस्पतालको टोली क्वारेन्टिनमा पुग्यो । क्वारेन्टिनमा पुगेको केही समयमै डाक्टरले मृत घोषण ग¥यो । उनको स्वाव तिनदिन अगाडीनै संकलन गरी जुम्ला पठाइएको हुनले उनको शव दिनभर क्यारेन्टिनमै रहयो ।
रिपोर्ट पोजेटिभए आए पछी उनको शनिबार राति उनको शव विसर्जन गरियो । मरेको १० दिनअघि आफ्नै देश गए बाँचिन्छ भन्ने आशले भारतबाट उनी नेपाल आएका थिए । तर उनले नेपालको क्वारेन्टाइनमा सामान्यभन्दा सामान्य उपचार नपाएर मृत्युवरण गर्नु¥यो ।
कमाउने मान्छेको नै निधन भएपछि उनको परिवारमा अहिले झनै समस्या हुने देखिएको छ । घरमा एक छोरा एक छोरी र श्रीमती छन् । परिवारका अनुसार क्वारेन्टाइनमा बस्दा उनले औषधि र उपचार नै पाएनन् । मुतकका बुवा भुवनबहादुर थापाका अनुसार भारतबाट १४ महिनापछि उनी नेपाल फर्किएका थिए ।
छोरालाई बिनाउपचार चिसो कोठामा राखिएकाले ज्यान गएको उनी भक्कानिँदै भन्छन ्। दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीका अनुसार भारतबाट आएर क्वारेन्टाइनमा बसेकालाई आवश्यकताका आधारमा सबै कुराको व्यावस्थापन गरिएको दाबी गरे ।
क्वारेन्टिनमा हुलका हुल
दैलेखमा बाहिर बाट भित्रिने नागरिकहरु धेरै भएको कारण एउटै कोठामा नागरिकलाइ हुल बाँधेर राखिन्छ क्वारेन्टाइनमा आपतकालीन अवस्था देखाउँदै भारतबाट दैलेख आएका नागरिकलाई स्थानीय सरकारले एउटै कोठामा हुल बाँधेर राख्ने गरेका छन ्।
स्थानीय सरकार अन्य निकायले आपतकालीन अवस्थामा निर्माण गरिएका सामान्य सुविधा नभएका क्वारेन्टाइनका एउटै कोठामा २० देखि ३० जना सम्मलाई कोचाकोच गरेर राखिएको भेटिएको छ । मापदण्डअनुसार क्वारेन्टाइन नबनाइँदा त्यहाँ बस्नेहरु राति घर जाने र दिनमा क्वारेन्टाइन फर्किने गर्छन् ।
जसले गर्दा पनि दैलेखमा कोरोनाले भयाभह निम्त्याउने देखिन्छ । जिल्लाका स्वास्थ्यकर्मीका अनुसार दैलेखका ५० प्रतिशत क्वारेन्टाइनमा सफा पानी र सरसफाइ गतिलो छैन । यसरी नागरिलाइ राख्दा कोरोनाको जोखिम उच्च रहेको छ ।




