छेडागाडका क्वारेन्टिनमा ५७२ नागरिक
दैलेख ः जाजरकोट जिल्लाको छेडागाडका क्वारेन्टिनमा पाँच सय ७२ जना नागरिलाइ राखिएको छ ।
दैलेख जिल्लाको सिमाना संगै जोडिएको जाजरकोटको छेडागाड नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आउने पाँच सय ७२ जना नागरिलाइ नगरपालिका भित्रका विभिन्न विद्यालयका क्वारेन्टिनमा राखिएको हो ।
विश्व कोरोनाको संत्रासले आतङ्कीत भई रहेको बेला भारत तथा तेस्रो मुलुकबाट आउँनेको संख्या अत्यधिक बढिरहेको समस्यालाई सामाधान गर्नेको लागि नगरपालिकाले भिभिन्न विद्यालयमा क्वारेन्टिन स्थापना गरेको छ ।
विभिन्न विद्यालयमा बाहिर बाट आएका नागरि राख्ने क्रममा जनकुन्ज क्याम्पस दशेरामा १३०, बाल माध्यामिक विद्यालय झाप्रामा, १८३, चन्द्रजोती माध्यामिक विद्यालय मनाघाटमा ११३, रामोदय माध्यामिक विद्यालय जेवामा ११७ र नारायणी माध्यामिक विद्यालयमा २९ जना राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले गरेको कामको अपडेट यस्तो छ ।





