संकटमा जनता बचाउन जाँदा निलम्बन कीनः सांसद थापा
दैलेख ः प्रदेश सभामा बोल्दै सांसद थापाले संकटमा जनता बचाउन जाँदा निलम्बन किन गरेको भन्दै प्रश्न गरेका छन् ।
विहीबार प्रदेश सभामा बोल्दै दैलेखको क्षेत्र नं १ ख बाट प्रतिनिधित्व गरिरहेका सांसद थापाले यस्तो प्रश्न गरेका हुन । उनले दैलेखी जनता कोरोनाको सङ्कटमा परेको बेला त्यसको व्यवस्थापनमा गएका प्रदेश सभा सदस्य द्वय अमर बहादुर थापा र सुशील थापालाई निलम्बन गर्नु पूर्वग्राही निर्णय भएको बताए ।
कर्णाली प्रदेशका १० जिल्ला मध्ये सबै भन्दा बढी कोरोना संक्रमति भएको जिल्ला दैलेख दैलेख जिल्लाका जनताको समस्या बुझन गएका सांसदलाई निलम्बन गर्ने, सांसद जनता बचाउन जानु र प्रदेश सरकार मौन बस्नु सरकार जनता प्रति उत्तरदायी नभएको बताए । उनले प्रदेश सरकारले कोरोना अस्पताल भनी निर्माण गरिएको अस्पतालमा समेत बिरामी ल्याउन नदिएको भन्दै प्रदेश सभामा आक्रोश पोखेका छन् ।
दैलेख जिल्लामा भारत लगायत तेस्रो मुलुक बाट १० हजार ८ सय भन्दा बढी नागरिक जिल्ला भित्रिएको र उनीहरूको पिसिआर परीक्षण गर्नका लागि प्रदेश सरकारले आवश्यक चिकित्सक र औषधी पठाउनु पर्ने भए पनि अहिले सम्म प्रदेश सरकार दैलेखका जनता प्रति उत्तरदायी नभएको आरोप समेत लगाएका छन् । जिल्लामा भएका कोरोना पोजेटिभलाइ समेत उचित उपचार हुन नसकेको ले थप अन्यमा पनि कोरोना संक्रमित फैलिन सक्ने संभावना रहेको बताए ।
सरकार जनता प्रति उत्तरदायी नभएपछि दैलेखका जिल्ला २ वटै निर्वाचन क्षेत्रमा १५ शैयाको अस्पताल निर्माण गर्न लागेको र अबको १३ दिन भित्र अस्पताल निर्माण गरेपछि मुख्यमन्त्रीले उद्घाटन गर्न जान आग्रह समेत गरेका छन् ।
उनले भने जनता ठुलो सङ्कटमा छ प्रदेश सरकारले पैसा दिए ठिकै छ नभए अर्को आर्थिक वर्षमा भुक्तानी दिने गरी अस्पताल निर्माण गर्न लागेको छौ । प्रदेश सरकारले अन्य क्षेत्रमा हेलिकप्टर चार्टर गरी जाने र दैलेख गएका सांसदलाई प्रदेश सभामा निलम्बन गर्ने दुखद रहेको बताए ।




