भगवतीमाईका ९ जनाको आरडिटी पोजेटिभ
दैलेखः जिल्लाकाे भगवतिमाइ गाउँपािलकाका ९ जनामा आरडिटी पोजेटिभ देखिएकाे छ ।
मंगलबार भारतबात फर्केका एक सय ५३ जनाको आरडिटी परिक्षण गर्दो ए सय ४४ जनाको नेगेटिभ र ९ जनाको आरडिटी पोजेटिभ आएको गाउँपालिकाले जानकारी दिएको छ ।
पोजेटिभ देखिने वडा नं २ का १ जना, वडा नं. ६ का एक जना र अरु सबै वडा नं ७ को रहेको भेटिएकोछ । मंगलबार पोजेटिभ देखिएका उनिहरुलाइ ज्वाला माध्यामिक विद्यालयमा सारिएको र उननिहरुको अवस्था सामान्य रहेकाले आतिनु नपर्ने गाउँपालिका सुचना अधिकारी प्रेम बहादुर खड्काले बताए ।
रिपोट नेगेटिभ आएकाहरुलाई भने सम्बन्धीत क्वारेन्टाइनमै राखिएकोर उनिहरु सबैको पिसिआर चेक गरेर नेगेटिभ आएमा घरमा पठाउने तयारी गाउँपालिकाले गरेको छ ।




