दैलेखमा ७ संक्रमित थपीए, संख्या १०५ पुग्यो
दैलेख : बुधबार दैलेखका थप ७ जनामा कोरोनको पुष्टि भएको छ । दैलेखमा कोरोनाबाट संक्रमित हुनेको संख्या यो संगै १०५ भएको हो ।
कर्णालीमा थप १६ जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमित हुनेमा दैलेखका ७ जना, सल्यानका २ जना, कालिकोटका ७ जना मध्ये एक चार महिने बालकलाई पनि कोरोना संक्रमित भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
कर्णाली प्रदेशमा बुधबार दिउँसोसम्म संक्रमितको संख्या २७८ पुगेको छ ।पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
सामाजिक विकास मन्त्रालयद्धारा बुधबार जारी विज्ञप्ति ।





