Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखमा पिसिआर मेशिन राख्न समितिको निर्देशन

कुमार प्याकुरेल
दैलेखः प्रदेशको बिधायन समितिको शुक्रबार बसेको बैठकले दैलेखमा पिसिआर मेशिन जडान गर्न, जोखिमयुक्त ठाउँमा तत्काल स्वाव संकलन गर्न, थप स्वास्थ्यकर्मि भर्ना गर्न, आइसुलेसनमा सुरक्षा ब्यबस्थापनको लागि प्रदेशको कोरोना प्रदेश संकट व्यवस्थापन केन्द्रलाई तत्काल निर्णय गर्न निर्देशन दिएको छ ।
शुक्रबार बसेको प्रदेश बिधायन समितिले प्रदेशमा कोरोना भाईरसको बढ्दो स्थिति र सक्रमित सख्या एवं आईसोलेसन र क्वारेन्टिनमा रहेका नागरिकहरूलाई सख्याका आधारमा दैलेख जिल्लामा तत्काल परिक्षण बढाउन पिसिआर मेशिन जडान गर्ने ब्यबस्था गर्ने एवं प्रदेश बाहिर समेत सम्भब भएका ठाउहरूमा स्वाव परिक्षण गर्ने ब्यबस्था मिलाउन लगायत विभिन्न ६ वटा निर्णय गर्दे प्रदेश सरकारलाई यथासक्य लागू गर्न निर्देशन दिएको प्रदेशको बिधान समितिका सदस्य माननीय धर्मराज रेग्मिले बताए ।
पछिल्लो समयमा दैलेख जिल्लामा कोभिड १९ को सक्रमण बढिरहेको र सङक्रमितको सख्या पनि दिनदिनै बढेपछि समितिका सदस्य रेग्मिको प्रस्तावमा प्रदेश बिधान समितिको बैठकमा बिशेष गरेर दैलेख जिल्लामा सक्रमितको सख्या बढिरहेको र थप स्वास्थ्य सुरक्षा अपनाउनको लागि जिल्लामा पिसिआर मेशिन जडान गर्न र सङ्कलन भएका स्वावहरूलाई चाडो भन्दा चाडो कसरी रिपोर्ट आउन सक्छ त्यो बिषयमा समेत गम्भीर छलफल गरिएको थियो ।
दैलेख लगायत प्रदेशका बिभिन्न जिल्लाहरूमा पछिल्लो समयमा कोरोना सक्रमणको सख्या बढ्दै जाँदा दैलेखमा विशेष गरेर कोरोना सक्रमितहरू बढिरहेको अवस्थामा माननीय रेग्मिले दैलेखमा पिसिआर मेशिन राख्नका लागि साथै प्रदेशमा रहेको प्रयोगशालाको क्षमता बढाउनको लागि प्रदेशका सामाजिक बिकास मन्त्री दल मार्फत सघिय सरकारसङ्ग आग्रह गरेको बताए ।
दैलेखमा पछिल्लो समयमा कोरोना सक्रमितको सख्या बढेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण हुनुको साथै दैलेख जिल्लामा केही हप्तामानै पिसिआर मेशिन जडान गर्न आफु लागिपरेको प्रदेश सभा सदस्य रेग्मिले बताए ।

समाचार