Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कानको उपचारमा अब्बल बन्दै, ब्रिनोज दैलेख शाखा

कृष्णप्रसाद अधिकारी

दैलेख :दैलेख जिल्लामा सञ्चालित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र कानको उपचारमा अब्बल बन्दै गएको छ ।
एक वर्ष अगाडी ब्रिनोज कान स्वास्थ्य अस्पताल नेपालगन्जको शाखा दैलेखमा स्थापना भएको थियो दैलेखमा स्थापना भए सँगै कानका बिरामीहरूलाई उपचार गर्दै आएको कान स्वास्थ्य स्याहार केन्द्र उपचारमा अब्बल बन्दै गएको पाइएको छ ।

दैलेखमा कान रोगको उपचारको लागि एक वटा रेडक्रस भए पनि निश्चित समय मात्र खेल्ने भएको कारण यहाँ कानका बिरामीहरू मर्कामा पर्दै आएकोमा हाल कानको उपचारमा सहज भएको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र व्यवस्थापन समितिकी अध्यक्ष निर्मला थापाले बताइन् ।
मानव जीवनका पाँच अभिन्न अङ्गको रूपमा रहेका कान नसुन्ने बिरामीहरूको लागि यहाँबाट कान सुन्ने मेसिन, कान पाक्ने समस्याको समाधान, कान चिलाउने, दुख्ने, कान कम सुन्ने बिरामीहरूको उपचार गरिने स्याहार केन्द्रले जनाएको छ ।

दैलेखका ११ वटा स्थानीय तहको बिचमा रहेको यो स्वास्थ्य स्याहार केन्द्रले एक वर्षमा दैलेखका २ हजार भन्दा बढी कानका बिरामीलाई उपचार गरेको, बिरामी जटिल भएका ५० जना भन्दा बढिलाई नेपालगन्ज केन्द्रीय कार्यालयमा पठाएको कान स्वास्थ्य प्राविधिक तथा शाखा प्रमुख तीर्थमान थारु (रत्गैयाँ) ले बताए ।

उनका अनुसार अन्धोपनले बस्तुबाट अलग्याउने र बहिरो पनले समाजबाट नै अलग्याउने भएकोले कानको उपचारमा हेल्चक्राई नगर्न अनुरोध समेत गरिएको छ ।

समाचार