Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

शास्त्रिय सङ्गीत समाज कर्णाली प्रदेशकाे सयाेजकमा : गाैतम

 

कुमार प्याकुरेल

दैलेख:  पञ्चकाेशी ललितकला केन्द्र दैलेखकाे अध्यक्ष समेत रहेका दैलेखका साङ्गितिक ईतिहासका धराेहर,बरिष्ठ गाएक माेहन गाैतम शास्त्रिय सङ्गीत समाज नेपालकाे कर्णाली प्रदेश सयाेजक पदमा सर्बसम्मत रूपमा चयन भएका छन् ।

अाठ बर्षकाे कलिलाे उमेरदेखि साङ्गिगित क्षेत्रमा लागेका गाैतमले सिङ्गाे दैलेखजिल्लालाई परिचित गराउने देखि स्थानिय लाेक सास्कृतिलाई जग्रेना गर्ने खालका गितहरू गाएर अाम श्राेतहरूमाझ लाेकप्रिय बनेका छन् ।

उनका चर्चित गितहरूमा नजिकबाट लाज लाग्छ टाढै बाट सलाम छ,दाना सुपारिलाई रानी महलैमा,गैजान्छ गैजान्छ,लगायतका १२-१५ वटा गित अहिले पनि अाम श्राेताहरूकाे जिब्राेमा झुन्डिएकाे छ।

विशेष गरेर दैलेखमा हरेक बर्षजस्ताे लाग्ने लाखे जात्रामा विशेष गरेर उनकाे गितकाे सम्झना अाउछ । रेडियाे नेपालमा पहिलाे पटक २०२४ मा पहिलाे गित लाईभ गित गाएका गाैतमले तेसपछि थुप्रै गितहरू लाईभ गाएकाे गाैतम बताउछन् ।

उनी अनुभब सुनाउछन त्याे बेला रेडियाे नेपालमा गित गाउदा स्वर परिक्षण पास गर्नु पर्थ्याे अनि गित गाउदा लाईभ गाउनु पर्थ्याे,अलि गाराे रहन्थयाे, तर अाजभाेलि पटकपटक ईडिट गरेर भयपनि गित गाउन सकिन्छ।

अहिले धेरै सहज छ त्याे बेलाकाे परिश्थितिभन्दा उनी थप्छन्, २०२४ साल देखि २०२८ सालसम्म बरिष्ठ गाएक भत्तेमानसङ्ग सङ्गै रहि साङ्गिगित क्षेत्रलाई थप उचाईमा पुर्याउन लाेक सस्कृतिकाे जगेर्ना गर्न गाैतम लागिपरेकाे बताउछन् ।

अब भने लाेक सास्कृतिकाे जगेर्ना गर्न नया पुस्तालाई प्राेत्हासन गर्नुपर्ने र लाेपाेन्मुख बाजाहरूलाई लिपिबद्द गरि जगेर्ना गर्ने तर्फ अाफु लागिपरेकाे गाैतमले बताए ।

समाचार