जाजरकोटमा पहिलो कोरोना पुष्टि
रामप्रसाद शर्मा
जाजरकोटः जाजरकोट जिल्लामा पहिलो पटक एक जना व्यक्ति कोरोनाको पृष्टि भएको छ ।
जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं १० का १९ बर्षिया एक जना पुरुषमा कोरोनाको संक्रमण भाइरसको पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ ।
शुक्रबार दिउसो पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परिक्षणमा कोरोनाको संक्रमण देखिए संगै जाजरकोटमा पनि कोरोनाको पहिलो संक्रमण देखिएको हो ।
उनि केही दिन पहिले भारतबाट आएको भेरी नगरपालिकाले जानकारी दिएको छ ।




