कृषि कर्ममा कलम
कृष्णप्रसाद अधिकारी
दैलेख ः जिल्लाको ठाटिकाध गाउँपालिका वडा नं १ कोसेडीका कलम बहादुर शाही कृषि कर्ममा जुटका छन् । कोरोना भाइरसका कारण जताततै त्रासै त्रास छ । तर गाउँमा कृषि पेसा गर्नेलाई सहज त छैन तर कोरोना भाइरसको त्रास भने केही कम छ । विहाना उठेदेखि बेलुका अवेर सम्मा खेतबारीमा काम गर्ने कलम मोबाइलमा रेडियो सुन्दै काम गरिरहेका हुन्छन,
स्वदेशमै कृषि व्यवसायमा लामो समय विताएपछि विदेशको सपना समेत देख्न छोडेको उनि बताउँछन् यहाँका उनि जस्तै धेरै यूवा विदेशिमाटोमा आफ्नो परिश्रम खेर फालिरहेका बेला उनिले गाउँमै कृषि पेसाबाट राम्रो आम्दानी गरेका छन् । उनिमा अहिले सम्मानित हुने आशा पलाएको बताउँछन् ।
२०५१ सालबाट बाख्रा पानलन गरेका शाहीले करिब सातबर्षदेखी विभिन्न किसिमका घाँस, फलफुल, तथा अमुल्य बोटविरुवाहरुको नर्सरी गरि विदेश जाने यूवाहरुको लागि गरे श्वदेशमै सुन फल्छ भन्ने गतिलो उदारण बनेका छन्
हाल उनको जनजागरण बाख्रा फर्ममा माउ बाख्रा, पाठापाठीसहित ५५ वटा बाख्रा छन् । उनको फर्ममा एउटा बोयर बोका छ, बाख्रापालनसँगै नर्सरीबाट पनि राम्रै आम्दानी हुने गरेको शाही बताउँछन् ।
आफुसँग भएको २१ रोपनी जग्गामा नर्सरी, फलफुल, तरकारीसँगै बाख्रापालन गरेका उनले मासिक ५० हजार बचत गर्दै आएको बताए । उनले मेहनत गरी कृषि व्यावसायमा लगानी गर्दापनि राज्यबाट अनुदान नपाएकोमा चित्त दुखाउँदै भने ‘सरकारले काम नगर्नेलाई अनुदान दियो, तर, काम गर्नेले न अनुदान पाए न सम्मान ।’ मैले व्यवासाय गरेर सरकारलाई कर तिरेको छु, अहिलेसम्म कुनै अनुदान पाएको छैन न त कोही र्हेन समेत आएको छ । व्यक्तिगत लगानीबाट व्यावसाय गरेको छु ।
बाल्यकाल देखिको इच्छा चाहाना पुरा गर्न २०५० सालमा नर्सरीमा लागेका कलमका नर्सरीमा लाखबढी बिरुवाका बोटविरुवा छन् । उनको कृष्णा बागबानी कृषि फलफुल तथा घाँस नर्सरीमा उन्नतजातका डालेघाँस, भुईघाँस, मेहनदुलाका ४० हजार बेर्ना, इपिलैपिलका ४० हजार बेर्ना, सिट्लेसका २ हजार बेर्ना, भटमासेका २९ हजार बेर्ना, दबदबेका २ हजार बेर्ना, वडहरका ३ हजार, पैंयूका २ हजार बेर्ना, बाँसका ५ सय बेर्ना, टाँकीका २ हजार बर्ना, कोइरालका ३ हजार बेर्ना छन् । त्यस्तै भुईघाँसमा सुपरनिपियरका ५० हजार बेर्ना, थ्री निपियर, टु निपियर, थिन निपियर, गिन्नी ग्रास, पारा ग्रास, सटृया, गोटेमाला, मलाटो बदामे गरि प्रजातीका घासहरु लाएका कलम बहादुर शाही कर्णाली प्रदेशकै नमुना व्यावसायि समेत हुन भन्न कुनै २ मत छैन ।
