लकडाउनमा कृषि कार्यालयको सक्रियता
कृष्णप्रसाद अधिकारी
दैलेखः कोरोना भाइरसले यतिबेला विश्वका धेरै देशहरुमा नराम्रो प्रभाव पारेको छ । विभिन्न देशहरु यतिबेला आतङ्कीत भईरहेका छन् चिन बाट श्विभरी फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन नेपालमा पनि कोरोना फैलिन सक्ने भन्दै नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन ग¥यो विभिन्न चरणमा लकडाउनको म्याद समेत थप गरि बैशाख २५ गते सम्मलाई लकडाउनको घोषण गरेको छ ।
यति बेला लकडाउनले आर्थिक एवंम सामाजिक स्तर उस्किन नसक्ने गरी थला परिरहेको बेला कृषिमा आधारीत जनसंख्यालाई मध्यनजर गरी जिल्ला कृषि विकास कार्यालय दैलेखले कृषिमा सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनको बेला दैलेख सहित देशका अधिकांश जिल्लाका किसान जोखीम मोलेर भएपनि आफ्ना खेतबारीमा काम गरिरहेका छन् । यस्तो अवस्थामा किसानलाई निराश हुन नदिन जिल्ला कृषि विकास कार्यालयको ठुलो भुमिका रहन्छ ।
लकडाउका बेलामा किसानलाई हौसला दिन कृषि विकास कार्यालय दैलेख सक्रिय देखिने गरेको छ । लकडाउको बेलामा कृषिजन्य बस्तुको हाकार हुन सक्ने कुराको मध्यनजर गरी कृषि विकास कार्यलयले तरकारी पसल अनुगमन तथा सहज तरकारी आपुर्तीको व्यवस्था समेत मिलाएको छ ।
लकडाउनको समयमा जिल्लामा नभएका दुई गाडि फलफूलहरु जिल्लामा ल्याउन सहजिकरण, लकडाउनको बेला आम नागरिकहरुको पोषणको ख्याल राख्दै नागरिकलाई चाहिने तरकारी फलफूल तरकारी पसल नभएको ठाउँमा समेत तरकारी बेच्नको लागि सहजीकरण, महाबु गाउँपालिकामा उत्पादित १८० क्विन्टल आलु सुर्खेत पठाईएको छ ।
लकडाउनका कारण कतिपय कृषकले आफूले लगाएको तरकारी कुइना लागेको गुनासो गरेका बेला कृषि विकास कार्यालय दैलेखले भने कृषकका बारीमा नै गएर उत्पादित तरकारी अनुगमन गरि आवश्यक ठाउँमा पु¥याउन सहसिकरण गरेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
गहुँ लगाएत हिउँदे बालि भित्र्याउने समयमा लकडाउन भएको कारण किसानले भित्र्याउन लागेको हिउदे बालि भित्र्याउदा कोरोना फैलिन नदिनको लागि सामाजिक दुरी कायम भए नभएको अनुगमन गरेको तथा च्याउ उत्पादक कृषकको उत्पादित च्याउ बजार सम्मा ल्याउन सहजिकरण, प्याजको विउँ उत्पादन भएको ठाउँमा नै पुगि कृषकलाई आवश्यक प्राविधिक सल्लाह दिने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक प्रसाद पाण्डेले बताए ।
उनका अनुसार मकै पकेट क्षेत्रमा हाल ३६ क्विन्टल देउती र मनकामना आदि जातका विउँहरु पु¥याउन सहजिकरण गरिएको छ । हामी कृषकलाई लकडाउनको बेलामा पनि उचित सल्लाह दिन र कृषि उपज बस्तुको नियमति अनुगमन गरिरहेका छौँ । पाण्डेले भने ।
समय समयमा कृषि विकास कार्यालयको टोलीले अनुगमन गरिदिदाँ कृषकले लगाएका खेति राम्रो भएको कृषकहरु बताउँछन ।
