काठको पुलले गुजरा गर्दै स्थानिय
रामप्रसाद शर्मा
जाजरकोट ः जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं २ को गाडखोलामा पुल नभए पछी काठ्को पुल (लाप्को) हालेर स्थानियले गुजरा गरेका छन् ।
जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं.२ को गाडखोलामा स्थानियहरु मीलेर लाप्को निर्माण गरिएको छन् । बर्षातमा आवतजावत गर्दा सधैका बर्षहरुमा यस खोलामा समस्या आउँने गरेको बेला स्थानियहरु मिलि खोलामा लाप्को हालेका हुन् । खेत रोप्न जाँदाहोस या वनपात जाँदा कतिपयलाईवडा कार्यलय सम्म पुग्दा खोलामा पुल नहुँदा समस्या हुने गरेको स्थानिहरु बताउँछन् ।
पहिले खोलामा पुल थियो तर वि.सं २०७३ सालमा खोलाले पुल भत्काएको थियो । पुल नहुदाँ समस्या खेपिरहेका स्थानिहरु आफैले खोलामा काठको पुल निर्माण गरेका छन् । खोलाले पुल बगाएको लामो समय सम्मा नगरपालिका त्यस क्षेत्रका पुल निर्माण गर्न कुनै चासो नदिएको कारण स्थानिय आफैले बर्षातका तिन महिनालाई आवतजावत सहजताका लागि काठको पुलले गुजरा गर्ने भएका हुन ।
पुल बने पछी करिब १५०० जनसङ्ख्या लाभान्वित हुने भए पनि यस तर्फ नगरपालिकाले ध्यान नदिएको स्थानियले गुनासो गरेका छन् । उनिहरु भन्छन् नगर पालिकाले पुल बनाउने कुरामा कुनै चासो नदिएको कारण आफैले लाप्को भए पनि हालेर यहाँका बासिन्दाहरुलाई केही सहज भएको छ । लाप्को निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका ११२ जना मानिस को सहभागितामा लाप्को हालेका छन् ।
वडा नं २ को वडा कार्यालय र स्वास्थ्य चौकी बाटोमा पर्ने खोलामा समेत पुल नहुदाँ समस्या भएको थियो । दरपाखा तोली जोड्ने पुल मर्मतको लागि नगरपालिका सँग पटक–पटक आग्रह गर्दा कुनै सुनुवाइ नभएको वडा नं २ का वडा अध्यक्ष बालकृष्ण बुढाले जानकरी दिए ।





