भगवतीमाइ गाउँपालिकाका ९ सहित ४८ जनामा कोरोना पुष्टि
दैलेख : दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका का ९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
बिहीबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा भगवतीमाई गाउँपालिकाका ९ जना डुङ्गेश्वर गाउँपालिकाका ३९ जना गरी ४८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ । यो सँगै दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३४ पुगेको छ ।
कोरोनाको कारण एक जनाले ज्यान गुमाएका छन् । भने दैलेखमा कोरोना जित्नेको सङ्ख्या ४ जना रहेको छ ।
यस्तो छ बिहीबार सामाजिक मन्त्रालय सुर्खेतको प्रेस विज्ञप्ति