Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

समाजसेवी जिसीले दिए दुई महिनाको घरभाडा छुट


दैलेख ः  कोरोना भाइरसको कारण कोठा भाडा तिर्ने नसकेकालाई गाएक तथा सर्जक लोकेन्द्र जि.सी कुमारले घरभाडा छुट दिएका छन ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका (कोभिड(१९)का कारण आम मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा झण्डै तिन महिना भन्दा माथि पुग्न लागेको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् । धेरैको आम्दानीको बाटो पनि बन्द भएको छ । यस्तो अवस्थामा सक्नेले नसक्नेलाई सहयोग गर्नु अहिलेको आवश्यकता भएको भन्दै सिसीले घरभाडामा छुट दिएका हुन् ।

सरकारले पनि समस्यामा परेका व्यक्तिलाइ घर भाडा छुट दिनु भनि पटक पटक घर धनीलाई आग्रह गरे पनि सुने नसुनेको गरिरहेकै बेला एक मनकारी समाजसेवी शिक्षक तथा गायक लोकेन्द्र जिसि (कुमार) ले भने मन खोलेर आफ्नो घरमा बस्दै आएकाहरुलाइ दुई महिनाको घरधाडा छुट दिने घोषणा गरेका छन् ।

लकडाउनका कारण धेरैको व्यवसाय संञ्चालन पूर्ण रूपमा बन्द भए पछि आम्दानीको स्रोत पनि नभएको अस्थालाई मध्यनजर गर्दै गायक सर्जक तथा शिक्षक लोकेन्द्र जिसि कुमारले नेपालगन्ज उपमहानगरपालिका वार्ड न १९ शान्तिनगरमा रहेको आफ्नो घरमा बस्दैआएकाहरुलाई दुई महिनाको घरभाडा छुट गरेका हुन ।

विश्वमा फैलिएको कोरोना भाइरस कारण सङ्क्रमण बढे संगै नेपालमा पनि कोरोना संक्रमित संख्या दिनदिनै बढेको छ।लकडाउनलाई मध्यनजर गर्दै आर्थिक समस्या हुनसक्छ । त्यसैले आफुले मानवताको हिसाबले सानो सयोग भए पनि २दुई महिनाको घरभाटा छुट गरेको जिसिले बताए । यो भन्दा पहिले पनि गायक जिसि कुमारले थुप्रै गीतसंगितमा लाग्ने नव प्रतिभावान ब्यक्तिलाई सयोग गरिसकेका छन् ।

समाचार