काेराेनाबाट अछुतो रहन सकेनन् दैलेखका स्थानियतहहरु
दैलेख ः कोरोनाको संक्रमण दैलेख जिल्लाका ११ वटै स्थानिय तहमा देखिए पछी दैलेखका कुनै पनि स्थानिय तहहरु कोरोना बाट अछुत हुन सकेनन्
शनिबार सम्म दैलेखका ११ स्थानीय तह मध्ये सबै भन्दा बढी नारायण नगरपालिकामा १९४ र महावु गाउँपालिकामा १०८ जना कोरोना सङ्क्रमित रहेका छन् । नौमुले गाउँपालिकामा १९,दुल्लु नगरपालिकामा ६७, डुङ्गेश्वर गाउँपालिकामा ६८ ,गुराँस गाउँपालिकामा २ ,आठबिस नगरपालिकामा २१,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १ ,भैरवी गाउँपालिकामा ९ जना भगवतिमाई गाउँपालिकामा ९ जना र ठाटिकाँध गाउँपालिकामा ३ जना गरी ५ सय २ कोरोना सङ्क्रमित भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।




