दैलेखमा झडप ४ कोरोना संक्रमित घाइते
दैलेखः दैलेखमा कोरोना संक्रमित र प्रहरी बिच झडप हुदाँ ४ जना संक्रमित घाइते भएका छन् । नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन मध्यामिक विध्यालयको आइसोलेसनमा कोरोना संक्रमित र प्रहरीबीच झडप भएको हो ।
झडपमा ४ संक्रमित घाइते भएका छन् । आइसोलेसनमा बसेकाहरुले महिना दिन पुग्दा सम्मेत पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पिसिआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, आइसोलेसनमा बस्दा खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए ।
आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए । प्रहरीको कुटाइबाट एक जनालाई शक्त घाइते भएका छन् भने तिन सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।
नारायण नगरपालिका वडा नं ६ का युवा शक्त घाइते जनाइएको छ । आइसोलेसनमा बसेकाहरुले नगर प्रमुखसँग कुरा गर्न चाहेको बताएपछि प्रहरीले मारपिट गरेकाे युवकका बुबाले आरोप लगाएका छन् । त्रिभुवन माध्यामिक विद्यालयमा करिब ३४ जना संक्रमितलाई राखिएको छ । दैलेखमा बेला बेलामा यस्ता घटना हुदै आएका छन् ।
