Loading... आजः २०७८, ५ आश्विन मंगलवार

अनियन्त्रित बन्दै दैलेखका क्वारेन्टिन र आइसोलेशन

एक महिनामै ६ वटा अराजक गतिविधि

कृष्णप्रसाद अधिकारी
दैलेखः  कोरोनाको महामारीले आतङ्कित भइरहेको बेला दैलेखका क्वारेन्टिन र आइसोलेशन अनियन्त्रित बन्दै गएका छन् ।

जिल्लामा कोरोनाको उच्च जोखिम भएको समयमा विभिन्न ठाउँमा कारेन्टिनमा र आइसोलेशनमा राखिएका नागरिकहरूले स्थानीय प्रशासन, जनप्रतिनिधिहरुलाइ गालिगलोज मात्र होइन, उनीहरू माथि जाइलाग्ने गरेकोले क्वारेन्टिन र आइसोलेशन अनियन्त्रित बनेका हुन ।

शनिवार नारायण नगरपालिका भित्र बिच बजारमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कोरोना सङ्क्रमित र प्रहरी बिच झडप हुँदा ४ जना सङ्क्रमित घाइते समेत भएका छन् । कारेन्टिनमा खाना पानी बिजुली बत्तीको आवश्यक भएको भन्दै उनीहरू आन्दोलनमा उत्र्तीय प्रहरीले आन्दोलन नगर्ने सुझाव दिँदै गर्दो उनीहरू अराजक बने प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी र कोरोना सङ्क्रमित बिच झडप सम्मते हुँदा ४ जना कोरोना सङ्क्रमित घाइते भएका छन् ।

घाइतेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ भने यस विद्यालयमा ३४ जनालाई आसोलेशनमा राखिएको छ । आइसोलेसनमा बसेका सङ्क्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

शनिबार भएको झडपमा नारायण नगरपालिका वडा नं १ का वडा अध्यक्षले प्रहरी लगाएर कुटन लगाएको भन्ने समाचार भने आरोप मात्र भएको छ । कोरोना संक्रमीतहरुले उठाएका माग नगरपालिकाले नसुनेको भन्दै उनिहरुले अराजक गरेका थिए । यसमा वडा अध्यक्षको कुनै संलग्नता नभएको जानकारी आएको छ ।

शनिबार झडप हुदाँ घाइते भएका घाइतेहरुले अस्पतालमा आफुलाइ राम्रो नभएको र आफुहरुलाई त्रिभुवन माध्यमिक विद्यालयमा नै लिइदिन वडा अध्यक्षलाइ अनुरोध गरेको र आफुले उनिहरुको सहजताका लागि जहाँ सहज हुन्छ त्यहाँ राख्ने वडा अध्यक्ष तिर्थनारायण श्रेष्टले बताए ।
शविबार नै जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित व्यक्तिहरू आन्दोलनमा उत्रिएका छन् । खानपिन, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिए । गाउँपालिकाले कोरोना सङ्क्रमितलाई वडा नम्बर १ चुप्रा स्थित त्रिवेणी सङ्गम माविमा राख्ने निर्णय गरेको थियो ।

सोहीअनुसार गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का कोरोना सङ्क्रमण पुष्टि भएका ३५ जनालाई शुक्रवार क्वारेन्टाइन स्थलबाट हिँडाएरै चुप्रा पठायो चुप्रामा बस्ने ठाउँ, खाना, पानी र शौचालयको उचित व्यवस्थापन नभएपछि घर जान पाउनुपर्ने माग राख्नै शनिवार बिहानैदेखि आन्दोलनमा उनीहरू आन्दोलनमा उत्रिएका थिए ।
भारतबाट आएर गाउँपालिकाका तथा नगरपालिकाले बनाएका आसोलेशन र क्वारेन्टिनमा बसेका नागरिकले सुविधा हुनुपर्ने माग राखे पनि स्थानीय सरकार तथा प्रशासनले सहयोग गर्नुको साटो घाइते बनाउने गरेको स्थानीयहरूले आरोप लगाएका छन् ।

जिल्लामा यस्ता अराजक गतिविधिहरू हुँदै आएका छन् गत जेष्ट २१ गते भैरवी गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत हिरासिहं थापा माथि क्वारेन्टिनमा बसेकाहरूले हमला गरेर उनी घाइते भएका थिए । त्यस्तै जेष्ट २३ गते दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ११ स्थित क्वारेन्टाइनमा बसेकाहरूले वडाध्यक्ष खगेन्द्र थापा माथि आक्रमण गरेका थिए ।

क्वारेन्टिनमा चामल सकियो भन्दै फोन गरेर बोलाएर आफूमाथि नियोजितरुपमा हातपात भएको थापाले बताए । यसरी दैलेखमा दिन प्रतिदिन अराजक गतिविधि भइरहेको र क्वारेन्टिमा राखेका नागरिक बाटनै करिब ६ पटक अराजक (अनियन्त्रित) गतिविधी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।