दैलेखका सम्पुर्ण बैकका शाखाहरू बिहान ८ बजेदेखि साझ ६ बजेसम्म खुल्ला रहने
कुमार प्याकुरेल,
दैलेख ः जिल्ला अन्तर्गत रहेका सम्पुर्ण बैकका शाखा कार्यालयहरू साेमबारदेखि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म खुला रहने भएका छन् ।
अाईतबार जिल्ला प्रशासन कार्यालय दैलेखमा जिल्ला स्थित सबै बैकहरूका शाखा प्रबन्धकहरूसङ्गकाे छलफलमा बिहान ८ बजे देखि साझ ६ बजेसम्म दुई सिफ्ठमा बैकका शाखा कार्यालयहरू खुल्ला रहने निर्णय भएकाे हाे ।
जस अन्तर्गत बिहान ८ बजे देखि १ बजे सम्म पहिलो सिफ्ट र १ देखि ६ बजे सम्म दोश्रो सिफ्ट मा सन्चालन गर्न स्थानिय प्रशाशनले निर्देशन दिइएको छ ! बन्दाबन्दिकाे समयमा सम्पुर्ण उघाेग ब्यबसाय कलकारखाना, कामकाजहरू बिकास निर्माणका कार्यहरू ठप्प रहेकाे अवस्थामा अाम जिल्लाबासिहरूले अाफ्नाे पसिनाले अार्जेकाे रकम बैकहरूमा जम्मा गरेतापनि देशकाे बिसम परिश्थितिका कारणले अाफ्नै रकम पनि राख्न झिक्न नमिल्ने अवस्थामा केन्द्रदेखि स्थानिय प्रशाशनसम्मकाे पहलमा बिहान ८बजे देखि साझ ६ बजे सम्म जिल्लामा रहेका सबै बैकका शाखा खाेलिदा अाम सर्वसाधारणहरूलाई ठुलाे राहत हुने प्रभु बैक दैलेख शाखाका प्रबन्धक उमेश प्याकुरेलले बताए ।
धेरै भिड हुने बैकका शाखाहरूमा राष्ट्रिय बाणिज्य बैककाे केन्द्रीय कार्यालयबाट पनि अाम सर्बसाधारणका सहजताका लागि जिल्लामा परिपत्र समेत गरेकाे र स्थानिय प्रशाशनले पनि बिहान ८ बजे देखि साझ ६ बजेसम्म जिल्लाका बैकका शाखा खाेलिने निर्णयका अाधारमा राष्ट्रिय बाणिज्य बैक दैलेख शाखा पनि साेहि समयमा खाेलिने बाणिज्य बैक दैलेख शाखाका प्रबन्धक चेतन कुमार बिसिले बताए ।
बन्दाबन्दिकाे समयका साथै अार्थिक मसान्त पनि अाउनै लाग्दा अाम सर्वसाधारण,उघाेगि ब्यबसायि, उपभाेक्ता समिति,निर्माण ब्यबसायिहरू लगाएत अाम मानिसहरूमा राहत हुनेछ । हाल दैलेखमा सरकारि र प्राईभेट बैक गरि कुल ११ वटा बैकका शाखाहरू रहेका छन् ।




