Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

करेन्टले तानेर ४ वटा बाख्रा मरे

कुमार प्याकुरेल

दैलेख : नारायण नगरपालिका वाड न ६ नया गाउमा बिघुतकाे मेन लाईनमा रहेकाे स्टेमा करेन्टले तानेर ४ वटा बार्ख्रा मरेका छन् ।

सदरमुकाम देखि करिव १ किलाेमिटरकाे दुरिमा रहेकाे उक्त नया गाउकाे बिजाैरा जाने मुल सडककाे छेवैमा रहेकाे मेन लाईनकाे पाेलमा करेन्ट प्रवाह भई साेहि पाेलकाे स्टे(स्टान्ड)ले तानेर चारवटा बाख्रा मरेका हुन् । स्थानिय देबेन्द्र प्याकुरेलले बिहानै बाख्रा चराउन जङ्गल तर्फ जानै लाग्दा मुल सडकमै पर्ने उक्त पाेलमा एक्कासि करेन्टले तान्दा ४ वटा बाख्रा घटनास्थलमा मरेकाे प्याकुरेलले बताए ।

साेहि ठाउमा केहि बर्ष अगाडी उक्त गाउका एक जना युवककाे समेत करेन्टले तानेर ज्यान गईसकेकाे छ ।स्थानिय युवककाे समेत ज्यान गईसक्दा समेत हालसम्म उक्त ठाउमा कुनै सुरक्षा सतर्कता नअपाउनुले सिगाे गाउनै त्रसित रहेकाे स्थानिय बासिहरू बताउछन् । केहि बर्ष अगाडि एक युवककाे ज्यान गयाे,अहिले चारवटा बाख्रा मरे,भाेलिका दिनहरूमा समेत कुनै घटना नहाेला भन्न नसकिने बताउछन,स्थानिय बासि हिक्मत बहादुर बुढा,उनि थप्छन,सम्बन्धित निकायकाे चाडाे भन्दा चाडाे ध्यान जाअाेस। ११ केभिकाे ईन्सुलेटर पन्चर भएर करेन्ट लिकेच भई पाेल स्टे मार्फकत करेन्ट प्रवाह भएर दुर्घटना भएकाे बिघुत प्राधिकरण दैलेख शाखाका प्रमुख शिवजी प्रसाद शाहले बताए ।

स्थानिय बच्चाबच्चिहरू ईन्सुलेटरमा ढुङ्गाले हिर्काउदा या अन्य कुनै कारणले ईन्सुलेटरमा क्षति भई करेन्ट प्रवाह भएकाे प्रमुख शाहले बताए,उक्त करेन्ट लागेर मृत्यु भएका बाख्राकाे मुचुल्का तयार भय पश्चात् उचित राहतकाे लागि प्रदेश मन्त्रालयमा पठाउने र सम्भाबित जाेखिम राेक्न उक्त ठाउमा नया ईन्सुलेटर जडान गरिसकेकाे र अब यस्ता दुर्घटना नहुने प्रमुख शाहले बताए । स्थानिय युवककाे ज्यान गईसक्दा समेत उक्त ठाउमा बिघुत प्राधिकरणकाे ध्यान जान नसक्नु थप सुरक्षा सतर्कता नअपनाउनु प्राधिकरणकाे गम्भिर त्रुटि भएकाे हाे ।

यसतर्फ सम्बन्धित सराेकारवालाकाे ध्यान जान जरूरि छ ,साथमा बर्षातकाे समयमा अाम सर्वसाधारण पशु चाैपाय अादि समेत बिघुतकाे पाेलकाे अासपासमा जादा कुनै गम्भिर खालका दुर्घटनाहुन बाट स्वयम सजक रहन जरूरि देखिन्छ ।

समाचार