Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

नारायण १ ले गर्याे आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे उद्घाटन

कुमार प्याकुरेल

दैलेख ः नारायण नगरपालिका वाड न १ कुईकानामा अाधारभुत स्वास्थ्य सेवा केन्द्रकाे उद्घघाटन गरिएकाे छ । नेपाल सरकारकाे नीति अनुरूप देशभरका स्वास्थ्य सस्था नभएका वडाहरूमा अाधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप नारायण नगरपालिकाका ४ वटा वडाहरूमा क्रमश, १,४,६,९ मा अाधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना हुने भएकाे हाे ।

नारायण नगरपालिका वाड न १काे सक्रियतामा नारायण नगरपालिका वाडन १ स्थित अाधारभुत बिघालय कुईकानामा एक अाैपचारिक कार्यक्रममा साथमा अस्थायि सेवा केन्द्र स्थापना गरिएकाे हाे । बन्दाबन्दिकाे समयमा सामान्य स्वास्थ्य सेवा लिन सदरमुकामकाे अस्पताल अाउनु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवाकाे कम पहुच भयका ठाउलाई प्राथमिकता दिएर सेवा केन्द्र स्थापना गरिएकाे नारायण नगरपालिका वाड न १ का वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठले बताए ।

लकडाउनकाे बेला सदरमुकाम अाउन समेत मुस्किल हुने समयमा वडाकै पहलमा सेवा केन्द्र स्थापना हुदा करिव ८०० देखि ९०० जनाले स्वास्थ्य सेवा पाउने अध्यक्ष श्रेष्ठले बताए । सेवा केन्द्रले अाधारभुत उपचार सेवाहरूमा परिवार नियाेजन सेवा,सुरक्षित मातृित्व सेवा,गर्भवती सेवा,खाेप सेवा,बिरामि उपचार सेवा,लगायत अन्य स्वास्थ्य शिक्षाका सेवा सुबिधाहरू प्रदान गर्ने नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र हमालले बताए ।

स्वास्थ्य निर्देशिका अनुसार सेवा केन्द्रमा करारमा हेल्थ असिस्टेन्ट या अहेब १ जना,स्टाफ नर्श या अनमि १ जना र कार्यालय सहयाेगि १ जना करारमा कर्मचारि राख्ने प्राबधान भएपनि कर्मचारिकाे छनाैट प्रक्रिया नटुङ्गिने बेलासम्म नारायण नगरपालिका स्वास्थ्य शाखामा फाजिल भएकी सि अहेब टीका कुमारि थापालाई साे सेवा केन्द्रमा काम गर्ने खटाईएकाे शाखा प्रमुख हमालले बताए । सेवा केन्द्रकाे उद्घघाटन नारायण नगरपालिका वाड न १ का अध्यक्ष तिर्थ नारायण श्रेष्ठले गरेका थिए ।

समाचार