तालमेल नमिलेकाे स्थानिय प्रशाशनकाे निषेधाज्ञा
कुमार प्याकुरेल
दैलेख : बन्दाबन्दिकाे समयले अाजित भएका अाम मानिसहरू लक डाउन केही खुकुलाे भयसङ्गै केही राहत महशुश गरेका छन , तर दैलेखमा भने लकडाउन त के निषेघाज्ञानै जारि गरेकाे स्थिति छ ।
महिनाै लामाे बन्दाबन्दिका कारणले सास्ति भाेगिरहेका अाम नेपाली नागरिकहरू अब सामान्य जीवनमा फर्कने पाईने अाशमा भगवानसङ्ग समेत प्राथना गरेकाे अवस्थामा केही हदसम्म लकडाउन खुकुलाे भएतापनि दैलेख लगायत केही जिल्लाहरूमा २०० बढि सक्रिय काेराेना पाेेजेटिभ केश भएकाे जिल्लामा लक डाउन कायमै राख्ने राज्यले नीति बनाए अनुरूप दैलेख जिल्ला पुर्ण रूपमा लक गरिएकाे छ ।
दिनानुदिन केशहरू बढ्दै गईरहेकाे अवस्थामा थप सजकता अपनाउन स्थानिय प्रशाशनले अर्काे अादेश नअाउन्जेलसम्म जिल्लाका तिनवटा स्थानिय तहमा लागू हुने गरि निषेधाज्ञा जारि गरेकाे छ । जसमा भनिएकाे छ,राजपत्रमा ताेकिएकाे अत्याबश्यक सेवाहरू बाहेक अन्य कुनै पनि कार्य नगर्न नगराउन निषेघाज्ञा जारि गरेकाे छ भने उता सरकारले अषाढ १ गते देखि कार्यालय खुल्ने जनाएसङ्गै जिल्लामा कार्यालयहरू खुलेका छन्, बैकिक सस्थाहरू बिहान ८ बजेदेखि साझ ६ बजेसम्म खाेल्न स्थानिय प्रशाशनले उर्दि जारेकाे छ, बिडम्वना सेवा लिन जाने सेवाग्राही कर्मचारिहरूलाई कार्यालय जान प्रहरिले कडाई गरेकाे छ ।
प्रहरिले चेकजाचकाे क्रममा फिल्डमा खटिएका कर्मचारिहरू लगायत अाम सर्वसाधारणकाे सवारि नियन्त्रणमा लिन्छ । यता स्थानिय प्रशाशन निषेघाज्ञालाई निरन्तरता दिदै जाने उता कार्यालय खाेल्न उर्दि जारि गर्ने कार्यालय जादा कर्मचारि र अाम सेवाग्राहिहरूलाई सास्ति दिने कतै स्थानिय प्रशाशन ,कर्मचारि , अाम सेवाग्राहीहरू बिच तालमेल नमिलेकाे त हैन ?




