Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

डोजर चालक नै इन्जिनियर हुँदा स्थानीयलाई सास्ती

निर्माण सामाग्री बोकेको ट्याक्टर उकालोमा रसिले तान्दै स्थानिय । तस्बीर ः जनक अधिकारीको फेसबुकबाट

कृष्णप्रसाद अधिकारी
दैलेख : विकासको पहिलो खुड्किला सडक नै भए पनि ग्रामीण स्तरमा खनिएका कतिपय सडकहरू खन्दा डोजर चालक नै इन्जिनियर हुँदा ग्रामीण स्तरका नागरिकले सास्ती खेप्ने गरेका छन् ।
सडक मापदण्ड अनुसार नखनिँदा सवारी साधन वा मालबहाक गाडीहरू गाडिले होइन गाडीलाई मान्छेले तान्नु पर्ने बाध्यता रहेको छ । जिल्लाको भगवतीलाई गाउँपालिका वडा नं. ४ को तुर्समा ५ वर्ष अगाडी ट्याक खुल्यो ट्याक खुले पछि स्थानीयहरू अब त घरबाटै गाडी चढेर सदरमुकाम तथा अन्य ठाउँमा जान सहज हुने भयो भनेर खुसी भएका थिए । तर यो सडकमा अहिले सामान तान्ने टनका गाडीहरू किलोका नागरिक तान्नुपर्ने बाध्यता छ ।

गाउँ बस्तीमा खनिने अधिकांश सडकहरू मनोमानी खनिँदा डोजर चालक नै इन्जिनियर हुने गरेका छन् । ५ वर्ष अगाडी खनिएको यो सडकमा पनि डोजर चालक नै इन्जिनियर भएको प्रत्यक्ष जनाउका छन् मङ्गलवार गाउँमा एक निर्माण सामाग्री बोकेको ट्याक्टर उकालो चढ्दै थियो उकालो चढ्दै गरेको ट्याक्टरलाई दाम्लोले पशु डोराए जस्तै स्थानीहरुले डोराएका थिए । यसको मुल कारण नै त्यो सडक डोजर मात्र चढ्न सक्ने उकालो बनाएकोले हो । करोडौँ खर्च गरेर यो बाटो गर्ने लागेको ९ वर्ष भयो, सडकको हालत उस्तै छ ।

ग्रामीण सडकमा स्थानीयबिच असहमति हुँदा चालक नै इन्जिनियर बनेर सडक निर्माण गरिएका हुन्छन् । पहाडी भूगोलमा खनिने सडकहरूमा मनोमानी तरिकाले खनिएपछि ग्रामीण बस्ती पहिरोको समेत उच्च जोखिममा रहेका छन् । कृषि तथा वडा स्तरीय सडकहरूमा इन्जिनियरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने गरेपछि कतिपय स्थानमा पहिरो समेत गएका उदाहरण छन् । बर्सात सुरुहुदै गर्दा कतिपय स्थान जोखिममा देखिन्छन् । मनोमानी तरिकाले खनिएका सडकहरूका घुम्तीहरू साँघुरो भएका र सडक सवारी साधनहरूलाई असहज हुने तरिकाले खनिएका कारण दुर्घटनाको समेत जोखिम बढ्दै गएको छ ।

गाउँका स्थानीयलाई मापदण्डबारे जानकारी नहुँदा समेट डोजर चालक नै इन्जिनियर भन्ने गरेको र आर्थिक वर्षको अत्यमा आएर हतार गरेर सडक खन्ने गरेर स्थानीयले सास्ती पाइरहेको सम्बन्धित ठाउँका स्थानीयले बताउने गरेका छन् । अर्कातिर नयाँ खनिने सडकहरू झनै गाडी चढ्न नै नमिल्ने गरी ठाडो खनिँदा झन् दुर्घटनाको सम्भावना बढ्ने गरेको तथा सडक निर्माणको समयमा पनि स्थानीय सरकार र त्यहाँका प्राविधिक टोलीबाट कमजोरी हुने देखिन्छ ।

स्थानीय सरकारले पनि चनाखो भएर निर्माण कार्यको अनुगमन र परिचालन नगर्दा यस्ता सडकहरू बढ्दै गएको सवारी चालकहरू बताउँछन् । सडक निर्माणको बेला आफ्नो जग्गामा बाटो लिन नदिने ठुलो समस्या भएका कारण सुरुमा प्राविधिकले सडक खन्न नापेको भन्दा अर्को तरिकाले खन्नुपर्दा धेरै समस्या आउने गरेको उपभोक्ता समितिको भनाई छ । गाउँपालिका भने मापदण्ड नहेरी हचुवाको भरमा सडक पास गर्ने ठिक्क ।

यता प्रदेश सभाका सदस्य धर्मराज रेग्मी भने ग्रामीण स्तरमा बनेका सडकलाई गाउँपालिकाले मापदण्ड हेरी सडक पास गर्नुपर्ने भए पनि गाउँपालिकाले लापरबाही गर्दा यस्तो हुन बताउँदै, स्थानीयहरूले आफ्नो गाउँमा सडक बन्दै गर्दा कति बजेटमा कति सडक बन्ने भन्ने बारेमा चासो नदिँदा सडकमा सास्ती पाउने गरेको बताए छन् ।

समाचार