Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

यस वर्ष गहुँ उत्पादनमा ९ प्रतिशतले गिरावट

कृष्णप्रसाद अधिकारी
दैलेख ः दैलेख जिल्लामा यस वर्ष ९ प्रतिशतले गहुँ उत्पादनमा गिरावट आएको छ ।
जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आए पछि जिल्लाका सबै स्थानीय तहमा खाद्यान्नको अभाव हुने देखिएको छ ।
गहुँ भित्राउने समयमा परेको असिना पानीले जिल्लाका सबै स्थानीय तहमा असर पारेको र गहुँ काट्ने बेलामा लगातार पानी परेको कारण किसानको गहुँ बारीमै कुहिन पुगेकोले गहुँ उत्पादनमा कमी आएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।

दैलेख जिल्लाभरिमा १३ हजार ६ सय ५० हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएको र यस गहुँ भित्राउने समयमा अत्यधिक वर्षा भएका कारण १३ हजार ६ सय ६३ मेट्रिक गहुँ उत्पादन भएको र गत वर्षको तुलनामा यो उत्पादन ९ प्रतिशतले भएको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा सबै स्थानीय तहमा यस वर्ष गहुँ उत्पादनमा कमी भएको हो ।

जिल्लामा सञ्चालित विभिन्न कृषि, सहकारी तथा विभिन्न समूहको पहलमा सिँचाइका लागि नहर तथा कुलो बनाएको भए पनि भौगोलिकतालाई ध्यानमा नराखी बनाएका कच्ची नहर तथा कुलोहरू बिग्रने हुनाले गर्दा र पहाडी जिल्लामा आकाशे पानीकै भरमा किसानले गहुँ लगाउने गरेको भए पनि उत्पादनमा कमी हुने गरेको भए पनि यस वर्ष बढी बर्सात भएकोले गहुँ उत्पादनमा कमी आएको हो ।

कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार यस वर्ष गहुँ सँगै लगाएको अन्य तोरी,मुसुरो लगायतका तेलहन तथा दलहन बालीमा समेत उत्पादनमा कमी आएको छ ।

समाचार

सम्बन्धित समाचार