Loading... आजः २०७८, ८ कार्तिक सोमबार

घरमै पुगेर मृत्यू दावी विमा हस्तान्तरण

दैलेख ः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेड दैलेखले मृतकका घरमै पुगेर मृत्यु दावी विमा हस्तान्तरण गरेको । नारायण नगरपालिका–९ बासकोटकी विमित ४५ वर्षीया धमसरा सुनारको मृत्यू दावीको २ लाख ७८ हजार ९ सय ४५ रुपैंयाँ सोमबार भुक्तानी दिइएको हो ।
कम्पनीका दैलेख प्रवन्धक बिबाखर रिमालले विमितले इच्छाएका भनी विमा भर्दा उल्लेख गरिएका उहाँका भाई जगत सुनारलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
२०७३ पुस ७ गते जारी भएको ०५९००१८२४ पोलिसी नम्वरको १० वर्षे जीवन अमृत वार्षिक ३२ हजार ८९ का दरले तीन किस्ता तिरिसकेपछि विमितको २०७६ पुस ३ गते काठमाण्डौंमा उपचारका क्रममा मृत्यू भएको थियो ।
किड्नीमा समस्या देखिएपछि उपचारको क्रममा विमित धनसराको मृत्यू भएको हो । मृतकका श्रीमान्, २ छोरा र १ छोरा छन् ।