Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

आइसोलेसनमा रहेकालाई कारितासको सहयोग

दैलेख ः दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा कोरोनाको कारण आइसोलेसननमा रहेका व्यक्तिहरुलाई कारितास नेपालले सहयोग गरेको छ ।

रोजगारीको लागि विभिन्न मुलुकमा गएका नागरिकहरु कोरोनाका कारण गाउँ फर्के गाउँ पर्केका नागरिकमा कोरोनाको संक्रमण देखिएको कारण उनिहरु अहिले आइसोलेसनमा छन् । क्वारेन्टिन तथा आइसोलेसनमा बसेका नागरिकले वस्ने ब्यवस्था तथा खानको व्यवस्था सम्मेत नभएको भन्दै अन्य ठाउँमा आन्दोलन समेत भइरहेको बेला भगवतीमाई गाउँपालिकाले भने गाउँपालिकाले उनिहरुको व्यवस्थापन राम्रै गरेको जानकारी आएको छ ।

गाउँपालिकालाई यस गाउँपालिका भित्र संचालीत संघ संस्थाले सम्मेत साथ दिएका छन् । विहीबार गाउँपालिका वडा नं. ५ र ६ मा संचालीत अष्टेलियन एण्ड कारितास अष्टेलिया ,कारितास नेपालको सहयोग, एकता फाउण्डेशन नेपालको शहजिकरणमा गाउँपालिकालाई र क्वारिन्टिनमा रहेका व्यक्तिहरुलाई सहजताका लागि राहात सामग्री हस्तान्तरण र वितरण गरिको छ ।

भगवतिमाई गाँउपालिका स्तरम रहेका क्वारिन्टिन तथा आईसुयुलेसमा रहेका ६० जनालाई प्रयोग गर्न मिल्ने करिव १४ दिनको लागि खाध्यान्ना , स्वास्थ्य सामाग्री गरी १ लाख ४८ हजार बराबरको खाध्यान्ना र सरसफाई , स्वास्थ्य सामाग्रीहरु पालिकालाई हस्तान्तरणा गरिएको कार्यक्रम अधिकृत जनक प्रसाद अधिकारीले बताए ।
हाल गाउँपालिकाको आइसोलेसनमा ११ जना र क्वारेन्टिनमा २४ जना रहेको गाउँपालिकाका सुचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिए ।

समाचार