Loading... आजः २०८२, ८ जेष्ठ बुधबार

दैलेखका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

वीरेन्द्रनगर : सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेखका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । दैलेखको दुल्लुका ४५ वर्षीय व्यक्तिको कर्णाली प्रदेश अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।

स्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार क्षयरोगका बिरामीसमेत रहेका ती व्यक्तिलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो । ‘यहाँ आउँदाखेरि नै अवस्था गम्भीर थियो, हामीले आईसीयूमा राखेर उपचार गरिरहेका थियौं,’ उनले भने, ‘क्षयरोगीसमेत भएकाले कोरोनाले थप समस्या निम्त्यायो ।’

कर्णालीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि दैलेख र डोल्पामा एक/एकजना तथा सुर्खेतमा दुई जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । -कान्तिपुरबाट