Loading... आजः २०८३, २० श्रावण बुधबार

दुल्लुको बजेट ८० करोड, चामुण्डाको ६९ करोड


कृष्णप्रसाद अधिकारी
दैलेखः जिल्लाको दुल्लु नगरपालिकाले आगामी आर्थीक बर्ष निति तथा कार्यक्रमा अनुमान रु. ८० करोड ४३ लाख ६६ हजार १ सय ६५ रुपैयाँको आय अनुमान गरिएको छ ।
बुधबार आयोजित दुल्लू नगरपालिकाको सातौ नगर सभामा उप–प्रमुख विष्णु थापाले आगामी आ.व.२०७७/०७८ का लागि निति कार्यक्रम तथा बजेट पेश गरेकीछिन् ।
प्रस्तावित आय अनुमानका आधारमा चालु खर्च तर्फ ७ करोड र विषयगत कार्यालय सहित नगरपालिका र वडाको पूंजिगत खर्च तर्फ रु. १७ करोड ९८ लाख ९५ हजार ६ सय ६५, ,संघ र प्रदेशवाट प्राप्त विषयगत शाखाका लागि सशर्त अनुदान, समपुरक अनुदान तर्फ ३५ करोड ७९ लाख र अन्य तर्फ १९ करोड ६५ लाख ७० हजार ५ सय हुने अपेक्षा गरेको छ ।
दुल्लु नगरपालिकाको बजेटले विशेष गरि कोरोना भाईरस (कोभिड–१९)कोे संक्रमण र महामारीबाट प्रभावित नागरिकहरुका लागि स्थानीय रोजगारी सृजना, व्यावसायीक कृषि, पशुपालन, पर्यटन विकास, उद्यमशील विद्यालय विकास, स्वास्थ्य संस्था सुदृढिकरण र व्यवस्थापन, लक्षित वर्ग केन्द्रित क्षमता विकासका कार्यक्रम, पूर्वाधारजन्य योजनाहरुको निर्माण लगायतका विषयहरुलाई मुलभुत रुपमा ओगटेको जानकारी दुल्लु नगरपालिकाले जनाएको छ ।
यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७७/0७८ का लागि करिव ४९ करोड बजेट पेश गरेको छ । बुधबार जम्बुकाँधमा उद्घाटन भएको नगरसभा चामुण्डाविन्द्रासैनी नगरपालिकालका उप–प्रमुख ताराकुमारी शाही खत्रीले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम एवम् बजेट पेश गरेकी छिन् ।
आर्थिक वर्ष २०७७/०७८ मा नगरवासीको रोजगार सिर्जना गर्न नगरपालिका जनता रोजगार कार्यक्रम लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ यसैगरी एक टोल एक मैदान, एक वडा एक आयमुलक जंगल बनाईने नीतिमा नगरपालिकाले लिएको छ ।

समाचार

सम्बन्धित समाचार