बाझाे जमिनमा भुमिहिनहरूकाे सामुहिक खेती
कुमार प्याकुरेल
दैलेख ः दैलेखकाे नारायण नगरपालिका वाड न ९ काेटिला मन्दिर अासपासकाे बाझाे जमिनमा भुमिहिन ब्यक्तिहरूले सामुहिक बदाम खेति शुरू गरेका छन् ।
पञ्चकाेशी काेटेश्वर मन्दिर ब्यबस्थापन समितिकाे अगुवाईमा नारायण नगरपालिका वाड न १ र ९ का भुमिहिन ब्यक्तिहरूद्वारा नारायण नगरपालिका वाड न९ स्थित काेटिला मन्दिरकाे अासपासकाे क्षेत्रमा बाझाे रहेकाे जमिनमा सामुहिक बदाम खेति लगाएका हुन्।
बर्षाैदेखि बाझाे रहेकाे जमिन प्रयाेगबिहिन गाैरचरन भईरहेकाे अवस्थामा जिल्ला कृर्षि बिकास कार्यालय दैलेखकाे अाबश्यक सहयाेगमा बाझाे जमिनमा बदाम खेति शुरू गरिएकाे हाे ।सामुहिक रूपमा ११ जना भुमिहिन ब्यक्तिहरूकाे अाफ्नै श्रमबाट काेटिला मन्दिर अासपासकाे करिव ५ हेक्टर जमिनमा सामुहिक अपनत्व कायम रहने गरि सामुहिक बदाम खेति शुरू गरिएकाे पञ्चकाेशि काेटेश्वर मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पदम बहादुर घर्ती क्षेत्रीले बताए ।
काेटिला मन्दिर अासपासका बाझाे जमिन खेर गईरहेकाे अवस्थामा भुमिहिन ब्यक्तिहरूलाई समेत समाबेश गरि अायअार्जनकाे माध्यम बन्नसक्ने उदेश्यले ११ जना

ब्यक्तिहरूकाे समुह बनाई सामुहिक अपनत्व कायम रहने गरि जेठ ३० गते करिव ५ हेक्टरकाे क्षेत्रफलकाे जमिनमा सामुहिक बदाम खेति गरिएकाे अध्यक्ष घर्ती बताउछन् ।
पञ्चकाेशि क्षेत्रकाे प्रमुखद्वारमा रहेकाे काेटिला मन्दिर क्षेत्र अासपासकाे बाझाे जमिन प्रयाेगबिहिन भईरहेकाे अवस्थामा बाझाे जमिनलाई प्रयाेगमा ल्याउनलाई अर्थात बगरमा बदाम खेति राम्राे हुनुकाे साथै स्थानिय भुमिहिन अार्थिक स्थिति कमजाेर भएकाे ब्यक्तिहरूले केही हदसम्म पनि अाम्दानिकाे श्राेत बनाेस् भन्ने उदेश्यले उक्त क्षेत्रमा अाबश्यक पर्ने १२० किलाे बदामकाे बीउ सहयाेग गरिएकाे जिल्ला कृर्षि बिकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।
साे क्षेत्र पञ्चकाेशि तिर्थस्थलकाे मुख्य द्वार भएसङ्गै अान्तरिक र बाहिय पर्यटक ,श्रदालु भक्तजनहरूकाे मुख्य अागमन स्थल रहेकाे साे ठाउमा बदाम खेतिसङ्गै मन्दिरमा चढाउनलाई फुल,अगरबत्ति जस्ता अाबश्यक पुजा सामाग्रि समेत साेहि भुमिहिन बेराेजगार बिपन्न बर्गहरूका लागि अाबश्यक तालिम दिई साेहि ठाउमा तयार पार्न सक्ने गरि कार्यक्रम ल्याउन लागिएकाे प्रमुख पाण्डे बताउछन ।
पञ्चकाेशि क्षेत्रकाे पर्यटकिय धार्मिक ठाउहरूकाे मन्दिरहरूमा पुजा गर्नकाे लागि फुल,साथमा अगरबत्ती र साथमा प्रसादकाे रूपमा बदाम खेति सङ्सगै भए,स्थानिय बेराेजगार ब्यक्तिहरूले राेजगारि पनि पाउने स्थानिय श्रम सिपकाे समेत उपयाेग हुने प्रमुख पाण्डे बताउछन।




