Loading... आजः २०८३, १६ बैशाख बुधबार

महिला शिक्षक समाज दैलेखकाे अध्यक्षमा : थापा

कुमार प्याकुरेल

दैलेख: जिल्ला भित्र रहेका विभिन्न बिघालयहरूमा कार्यरत महिला शिक्षकहरूकाे सङ्गठित समुहले महिला शिक्षक समाज दैलेखकाे अध्यक्षमा सर्वसम्मत रूपमा टीका थापालाई मनाेनयन गरेकाे छ ।

जिल्ला भित्र रहेका विभिन्न बिघालयहरूमा कार्यरत महिला शिक्षकहरू देशभरनै सङ्गठित हुने क्रमसङ्गै जिल्लामा भर्चुअल माध्यमबाट बसेकाे महिला शिक्षकहरूकाे बैठकले समाजकाे गठन गठन गरेकाे हाे । दैलेखका सबै स्थानिय तहहरूमा कार्यरत महिला शिक्षकहरूलाई समेटेर कार्यसमिति निर्माण गरिएकाे साथै शिक्षामा बालिकाहरूकाे पहुच अभिबृद्दि गर्ने मुख्य उदेश्यले समाज गठन गरिएकाे समाजका सल्लाहकार एव नेपाल शिक्षक सघकाे पुर्व केन्द्रीय सदस्य प्रभा सिजापतिले बताईन ।

भर्चुअल माध्यमबाट बसेकाे बैठले समाजकाे अध्यक्षमा श्री बालमन्दिर अाधारभुत बिघालयकाे प्रधानाध्याप टीका थापाकाे सयाेजकत्वमा १४ सदस्य समिति गठन गरेकाे हाे । जिल्लामा गठन भएकाे समाजले जिल्ला भित्र रहेका विभिन्न बिघालयहरूमा कार्यरत महिला शिक्षकहरूकाे हकहितमा लागि कार्य गर्नुका साथै बालबालिकाहरूकाे गुणस्तरिय शिक्षा प्रदान गर्ने कार्यनै अाफ्नाे प्रमुख उदेश्य रहेकाे नबगठित समाजकाे अध्यक्ष थापाले बताईन् ।

भर्चुअल माध्यमबाट बसेकाे समाजकाे बैठकले श्री बाल मन्दिर अाधारभुत बिघालय दैलेखकाे प्राधानाध्यापक टीका थापा, अध्यक्ष उपाध्यक्ष ईन्द्रा थापा उपाध्यक्ष शान्ता खनाल महासचिब पार्वति कुमारि शर्मा सचिब मन्जु सिग्देल सहसचिव कल्पना चन्द काेषाध्यक्ष दुर्गा शाही सदस्यहरूमा सिमा श्रेष्ठ,नन्दा महतारा,गङ्गा भण्डारि,सुधा बुढा,अनिता केसी,लक्ष्मि खत्री, देबु नेपाली रहेका छन् ।

तेस्तै सल्लाहकार समितिमा प्रभा सिजापति, मेनका गाैेतम ,गिता रेग्मी नविना रावल निर्मला थापा,कमला हमाल ,देब कुमारि मल्ल,याेगमाया मल्ल र राधा मल्ल सेताे गुराँस प्रतिनिधि रहेका छन् ।

समाचार