कृषकलाई अनुदानमा विरुवा वितरण
रामप्रसाद शर्मा
जाजरकोट ः जाजरकोट जिल्लाको छेडागाड नगरपालिका भित्रका कृषकलाई अनुदानमा विरुवा वितरण गरेको छ ।
किसानले खेतबारीमा विरुवाहरु लगाएर उत्पादनमा बृद्धि गरी कृषकहरुको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले २५०० बिरुवा बितरण गरिएको पहाडी साना किसानका लागि अनुकुल परियोजान (आशा)ले जनाएको छ । जिल्लाको छेडागाड नगरपालिका वडा नं. २ मजेरीमा रहेको मालिका महिला प्राविधिक समुहलाई शनिबार विरुवा वितरण गरिएको हो ।
मालिका महिला प्राविधिक समुहका २५ जना सदस्यलाई सुन्तला, कागती मौसमी बिरुवा प्रति सदस्यलाई एक–एक वटा कैचि सुख्खा मौषममा बिरुवा चार्नको लागि २५ मिटर पाइप बितरण गेरेकोे मालिका महिला समुहका अध्यक्ष नैनसरा जैसीले बताइन् ।








