सिद्धान्त र व्यवहारको बिचमा तालमेल ल्याउने मदन भण्डारीको ठुलो अडान थियो
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा २०२१ साल असोज १० गते नारायण नगरपालिका २ जाहारकोटमा जन्मिनु भएको हो । २०५४ सालको स्थानीय चुनावमा नारायण नगरपालिकाको नगरप्रमुख निर्वाचित शर्माले आईएल सम्मको अध्ययन गर्नुभएको छ । त्रिभुवन उच्चमावि दैलेख बजारबाट माध्यमिक तह पास गरेका शर्माले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आईएल गर्नुभएको हो ।
२०४२ सालमा नेकपा मालेको भ्रातृ संगठन अनेरास्ववियूको महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको प्रारम्भिक कमिटीमा आबद्ध शर्मा २०४६ सालमा नेकपा मालेको नेपालगञ्ज नगर संगठन कार्यदलको सदस्य हुनुभयो । २०४७ सालमा नेकपा मालेको संस्थापक सचिव रहेका शर्माले माले र मार्क्सवादी एकीकरणपछि बनेको नेकपा एमालेको पनि पार्टी सचिवमा निरन्तरता पाउनु भएको थियो ।
२०४८ र २०५१ सालको संसदीय चुनावमा उहाँ तत्कालीन नेकपा एमालेको तर्फबाट दैलेख–१ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनु भएको थियो । २०७१ सालदेखि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रहेका शर्माको हालको बसोबास पनि नारायण नगरपालिका २ जाहारकोट, दैलेखमा छ ।
शर्मा २०७४ मंसिर २१ मा सम्पन्न प्रतिनीधि सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा निर्वाचित सांसद हुन् ।
आफ्नो निर्वाचन क्षेत्र लगायत समग्र मुलुकको मूलभूत समस्यालाई सङ्घीय संसद् मार्फत सरकारलाई ध्यानाकर्षण गराउने गतिविधिमा सक्रिय शर्मा दैलेखका जनता समक्ष लोकप्रिय नेताको रूपमा परिचय बनाएका छन् । सांसद शर्माले दैलेख जिल्लाको क्षेत्र नं. १ दैलेख सँगै समग्र कर्णाली प्रदेशका जिल्लाको विकासमा प्राथमिकता दिनुभएको छ । यहाँ मदन भण्डारी फाउण्डेसन कर्णाली प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ । प्रस्तुत छ, सांसद शर्मासँग पञ्चकोशी दैनिकका सह सम्पादकले गरिएको भलाकुसारी
अहिलेको सन्दर्भमा मदन भण्डारीको बिचार कत्तीको सान्दर्भिक छ ?
अहिलेको सन्दर्भमा मात्र नभई हिजो आज र भोलि पनि यसको सान्दर्भिकताका तिन वटा पक्षहरू छन् । पहिले त यसको सान्दर्भिकता खोज्दा यसको सैद्धान्तिक आधार खोजिनु पर्छ । यो विचार तत्कालीन नेकपा एमाले ५औँ राष्ट्रिय महाधिवेसनद्धारा पारित गरेको जनताको बहुदल जनवादको बिचार सैद्धान्तिक रूपमा मार्क्स बाद, लेलिनबादको सेवा गरेको छ ।
त्यसले बर्ग संघर्षको सार्भम नियमलाई आत्मसाथ गरेको छ, जनताको राज्यसत्तालाई सुईकार गरेको छ, राज्यसत्ताका सम्पूर्ण ढाँचाहरू परिवर्तनको आकाङ्क्षा बोकेको कारण विगतमा पनि हाम्रो पाटीको कार्यक्रम हुँदै सिद्धान्त बन्दै अगाडि आयो आज दुई वटा कम्युनिष्ट पार्टीहरु एक भई रहेको सन्दर्भमा पार्टी एकताकै घोषणा पत्रमा २ वटै पार्टीका अध्यक्षहरूकाे पहल कदमिको रुपामा यो पार्टी एकता ठुलो सृङखला अगाडि बढ्यो र एकताको घोषणापत्रमा पनि जनताका सदबादला निर्देशित गरेको छ । यो धेरै व्यापकतामा मदनको सार्वेभम नियमलाई बुझेर आत्मसाथ गर्नपर्छ ।
तपाई मदन भण्डारी फाउण्डेसन कर्णाली प्रदेशको अध्यक्ष हुनुहुन्छ, कर्णालीमा मदन भण्डारीको ६९ औँ मदन जयन्ती कसरी मनाउँदै हुनुहुन्छ ?
हामीले मदन भण्डारी फाउण्डेसन केन्द्रीय कमिटीको निर्देशन अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा आ–आफ्नो अनुकूलतामा अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर आ–आफ्नो जिल्लाको अनुकूलतामा आधारित कार्यक्रमका साथ ६९ औँ मदन भण्डारी जयन्ती मनाउँदै छौँ, सुर्खेतले रक्तदान कार्यक्रम राखेको छ अन्य जिल्लामा कोरोनाको कारणले आसुलेसन तथा क्वारेन्टिनमा बसेका बिरामीहरूलाई केही पोसिलो खाना खुआउदै बृरिक्षारोपण गर्दै मनाउँछौँ ।
मदन भण्डारीले सारेको जवज अहिलेको नकपाले छाडेको हो ?
छाडेको होइन र छाड्नुपर्ने विषय नै छैन । जुन कुरा छादिन्छ त्यो कुराले काम गर्ने छाड्छ, जवजले त अहिले झनै सशक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैचारिक रूपमा मार्गनिदेशन गरिरहेको छ ।
लेख्ने कुरामा जनताको बहुदल जनवाद नलेख्न सकिएला तर त्यसका साभभौम नियमहरू गर्ने हो भने त पाँचौँ महाधिवेशनमा तत्कालीन एमालेले पारित गरेको नीति कार्यक्रमकै आधारमा अहिलेको हाम्रो अन्तरिम विधान र कार्यक्रम बनी रहेको छ । त्यसैले जवजलाई छाड्नु पर्ने विषय भित्रनै पर्दैन । यसको महत्त्व झनै बढेर आइरहेको छ ।
मदन भण्डारीको दृष्टिकोणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू चलेको पाउनु भएको छ ?
सिद्धान्त र व्यवहारको बिचमा तालमेल ल्याउने मदन भण्डारीको ठुलो अडान थियो सिद्धान्त र व्यवहारको यदि तालमेल हुदैना भने सिद्धान्त एका र बिचार एका जान्छ यसरी विचार र सिद्धान्त फरक भएमा हामी समाज परिवर्तनको दिशालाई ठिक ढङ्गले अगाडी बढाउनै सक्दैनौ यो जन नेता मदन भण्डारीको बिचार र अडान हो त्यही अडानका साथ पार्टीको चौथो महाधिवेशनमा अब कम्युनिष्टहरुले आन्दोलन गर्ने होइन दुबिधामा रहने होइन कुनै साथीहरूले मनमा एउटा बुझ्ने मस्तीक्समा उउटा बुझ्ने व्यवहार एउटा गर्ने गर्नु हुदैना ।
हामी जे काम गर्छौ त्यो काम जनताबाटै पार्टी सदस्यहरूबाटै अनमोदिन भएर गर्नुपर्छ भन्ने बुझाइका साथ ५औँ महाधिवेशनमा जवजको कार्यक्रम यति सजिलै त आएको होइन विषम परिस्थितिका बाबजुद त्यतिखेर हिम्मतका साथ जनताको बहुददिय जनवाद बिचार नै हामीलाई मार्ग निर्देशन गर्ने बिचार हुन सक्छ र यो सिद्धान्त यदि अङ्गालेनौ भने व्यवहारमा पनि हामीले लागु गरेरै जानु पर्छ भन्ने बुझाइका साथ जवज आएको हो । अहिले आएर हामीले राज्य सत्ता अँगाली रहेका छौँ । स्थानीय सरकार प्रदेश सरकारहरू सबै छन् ।
जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि ठुलो भरोसा गरेका छन् । हाम्रो नेतृत्वको पूर्णा भरोसा भएकै कारणले त हामीले भरोसा गरेका हौँ । व्यवहारमा कतै परिवर्तन हुन सक्छन् ती कार्यकर्ता निजी बिचार हुन सिद्धान्त भनेको आम विषय हो । त्यसैले सिद्धान्त अनुसारको व्यवहार कमी कमजोरी छैनन् त सकिदैना तर केन्द्रीय नेतृत्व भने तपाइ हामीले सोचे जस्तो नभई प्रस्ट छ । यो मूलक निमार्ण गर्नेमा अग्रसर भएको छ ।
नेताहरूमा सामन्तवादी प्रवृत्ति हाबी भएको कार्यकर्ताहरूको गुनासो छ नि ?
नेताहरूका कार्यशैली कतै फरक भए होलान् तर मूल स्प्रिड हामीले चिन्ता गरेको जस्तो म देख्दिन सरकारकै नेतृत्व गरिरहनु भएका पार्टी अध्यक्षले राष्टको अहित हुने काममा प्रधानमन्त्रीको रुचि देख्नु हुन्छ त, प्रधानमन्त्रीले देश बनाउने कुरामा चिन्ता गर्नुभएको छैन त राष्ट्रियताका विषयमा प्रधानमन्त्रीको पहल कमी कमजोरी छ त । अनि छिटो भन्दा छिटो जनताको जीवनस्तर उकास्ने अर्थात् १० वर्ष भित्र देशलाई विकासशील बनाउने भन्ने कुरामा नेतृत्व प्रस्ट छ । नेता धेरै भएको ठाउँमा कुनै कार्यकर्तालाई केही होला त्यो फरक कुरा हो । तर नेतृत्वको स्प्रिड देश बनाउने नै रहेको छ ।
कोभिड–१९ नियन्त्रणमा सङ्घीय सांसदले निवार्ह गरेको भूमिका के हो ?
कोरोना भाइरसले विश्व मानव जग लाइ एक किसिमको त्रास बनाएको छ । यस पस्थितीमा कोरोना भाइरसबाट बच्नको लागि सङ्घीय सांसदको भूमिका जनताका आवाजहरू संसद्मा पु¥याउनु र संसद्मा भएका गतिविधिहरूलाई जनता सम्म पु¥याने भएको कारण आफ्नो क्षेत्रबाट सबै पहल गरेका छौँ म लगायत सबै सांसदहरूले संसद्मा दैलेख तथा कर्णालीको बारेमा भएको समस्यालाई संसद्मा उठाइरहेका छौँ कोरोनाको महाँमारिमा दैलेखमा ५ दिनमा आइसोलेसन तथा पीसिआर मेसिन राख्नको लागि भवन निर्माण गरेर सबै भन्दा ठुलो काम भनेको दैलेख अस्पतालमा हामीले कोरोना भाइरसको परिक्षणको लागि पीसिआर मेसिन जोडी काम अगाडी बढाएका छौँ ।
पिसिआएर त जडान भयो तर दिगो सञ्चालन र स्वामित्व के हुन्छ, योजना के छ ?
दैलेख जिल्ला अस्पतालको ल्याब केन्द्रीय सरकारको स्वामित्व हुने गरी सम्बन्धन प्राप्त भएको छ । भोलिका दिनमा ल्याब राम्रोसँग चल्छ । सबै ठाउँका जनता यो मेसिनको माध्यमले कोरोनाको परीक्षण गर्ने कुरामा प्रभावकारी रुममा काम गर्छ ।
जनतालाई हामी ढुक्कता प्रदान गएका छौँ । यसमा जिल्ला बासी सबैको सहयोग रहो । सबै स्थानीय तह जिल्ला समन्वय समिति तथा सबै राजनीतिक दलहरूले मेसिन दैलेख ल्याउनमा सहयोग गर्नु भयो । यस पछि पनि सबैले सहयोग कुरामा ढुक्कता भएकोले यसको दिगो सञ्चालन हुने छ । मेसिनको लागि जनशक्ति अभाव हुन नदिनको लागि आफ्नो तर्फबाट हुनै सबै काम गरिने छ ।
तिनै तहका सरकार कोभिड नियन्त्रण लगायतका विकास निमार्णमा समन्वय नहुँदा कोरोना समुदायमा फैलियो भन्ने छ नि ? यसमा तपाइको धारण के छ ।
तिनै तहका सरकारमा समन्वय भएको छ तर स्थानीय सरकार प्रत्यक्ष रूपमा देखिने भएकोले बढी यो सँग जुधे पनि सङ्घीय सरकारले निर्णय ग¥यो अब कोरोना महामारीबाट बच्न कसले के गर्ने र कुन कुन काम गने भने पछि क्वारेनटिन निर्माण गर्ने क्वारेनटिनमा बस्नेलाई स्थानीय तहले खान पिनको ब्यवस्थ ा गर्ने । जिल्लामा भएका सबै समस्यालाई सूत्रबद्ध गर्ने सङ्घीय सरकारले समन्वय गरेकै छ ।
स्रोत कम भएको गुनासो भए पनि सङ्घीय सरकारले पीपीइ सेट देखी स्यानिटाइजर समेत पठाएकै छ । यी कुनै सहयोग होइनन् र सरकारका हुन त डक्टर पठाएकै छ । सबै चलाएको छ । त्यसैले यो समन्वयको अभाव होइन तर प्रत्यक्ष देखिदा स्थानीय सरकार नै देखिने हुँदा त्यस्तो भएको हुनुपर्छ विभिन्न ठाउँमा अलपत्रमा परेकालाई समन्वय गरी सम्बन्धित पालिका सम्म पु¥याउने व्यवस्था सरकारले गरेकै छ ।
कोरोना नियन्त्रणमा मदन भण्डारी फाउण्डेशनले के काम गरिरहेको छ ?
मदन भण्डारी फाउण्डेसन भनेको गैर सरकार संस्था नै हो हामीले विशेष गरी जनचेतना जगाउने काम नै हो, जननेता मदन भण्डारीले सारेका बिचार सिद्धान्तहरूका सन्दर्भमा अध्ययन गर्ने, प्रचारप्रसार गर्ने, दस्ताबेज करण गर्ने र अन्य क्षत्रहरुमा पनि हाम्रा सबै साथीहरूलाई अहिले सरकार द्वारा गठन भएका कोभिड–१९ सँग जुध्ने जुन समेन्त्रहरु छन् उहाँहरुलाइ सहयोग गर्ने सपोट गर्ने, जनाताहरुलाइ तपाइहरू नआतिनुहोस, कोरोना सन्चो हुने रोग हो भन्ने,कोरोनालाइ तपाहरु जित्न सक्नुहुन्छ । तपाइहरू अनुशासित हुनुभयो, सामाजिक तथा भौतिक दुरी कायम गर्ने भयो, सरकारले अगाडि सारेका कुराहरूलाई पछ्याउनु भयो , डक्टर तथा वैज्ञानिकहरूले भनेका कुराहरूलाई आत्मसाथ गर्नुभयो भने कोरोना सँग डराउनु पर्दैन । भन्ने कुराको प्रचार प्रसार र त्यहाँ बनेका सरकारी समेन्त्रहरुलाइ सहयोग गर्ने कामहरू गरिरहेको छ ।
अन्यमा के भन्न चाहनुहुन्छ ?
आज ६९ औँ मदन जयन्तीको अवसरमा तपाइ सँग यसरी बसेर कुरा गर्ने पाइयो बस्ने यो अवसर मिल्यो सर्वप्रथम स्वर्गीय जन नेता मदन कुमार भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्ने चाहन्छु ।
उहाँले अगाडि सारेका नीति सिद्धान्त र बिचारहरू हाम्रो मुलुकको कम्युनिस्ट आन्दोलनहरुमात्र होइन लोकतान्त्रीकरण आन्दोलन प्रजातान्त्रिक आन्दोलनलाई सहित दिशात्मक निर्देशित गर्ने उहाँका बिचारहरू हुन यो बिचार बाट कोही पनि बिचल्लीत नभई ठिक ढङ्गले यो बिचार आलोकमा यसको प्रकाशमा हामीले आफ्नो कुरालाई परिचालित गर्ने सकौँ, जनताको सेवामा सधैँ हाम्रो भावना निशार्थ रूपले प्रेरित भइरहोस्, जनताले कम्तीमा हामीलाई अहिले मात्र नभई सधैँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाइनै यसरी नै विश्वास गरुन् माया गरी राखुन्, देहको अवस्थालाई बदलेर अगाडी बढ्न सकौँ, कोरोनाको महामारीबाट जनतालाई सुरक्षित गर्ने र बचाउनु सकौँ,हामीसँग भएका प्राकृतिक साधन स्रोतको भरपुर उपयोग गरेर जनता निराश भएको परिपरिक्षमा त्यसमाथि विजय प्राप्त गर्ने सकौँ र दुनियाँमा नेपाल केही गर्ने सक्ने मुलुक हो भन्ने कुरा देखाउन सकौँ जनताले हामी माथि गरेको विश्वास खेर जाँदैन, हामी तपाइहरूकै साथमा छौँ । कोरोना बाट नडराउनुहोला तपाइहरूको सुरक्षा गर्ने अभिभारा सरकारको छ भन्ने कुरा चाहन्छु ।
