Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखका २ वटा विद्यालय अब नमुना विद्यालय

कृष्णप्रसाद अधिकारी
दैलेखः दैलेख जिल्लाका २ वटा माध्यामिक विद्यालय अब नमुना विद्यालय भएका छन् ।
जिल्लाको नारायण नगरपालिकाको वडा नं. १ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय र भगवतीमाई गाउँपालिका वडा नं ७मा रहेको भैरव भाध्यामिक बिद्यालय नमुना विकासका लागि छनौटमा परेको छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार दैलेखमा रहेका २ वटा माध्यामिक विद्यालयहरु नमुना छनोटमा परेका हुन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा सानोठिमी भक्तपुरले नमुना विकासका लागि २०७६ असोज २६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आवेदनका लागि आह्वान गरेको थियो ।
त्यसै अनुरुप असार ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयले दैलेखका २ वटा विद्यालय नमुना विकासका लागि छनोटमा परे पछि २ वटै विद्यालयका शिक्षक तथा यस क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।
विद्यालयमा सुचना प्रविधि प्रयोगशाला मैत्री सामुदायिक विद्यालय बनाउँने कार्यक्रम अन्तरगत दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. १ का ६ वटा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन (आइ.सि.टि.ल्याव) को लागी दैलेखका सांसद पार्वती विशुन्केको पहलमा संघिय संचार मन्त्रालयसंग समन्वय गरी दैलेखका ६ वटा विद्यालयमा सामाग्री पुगेको हो । पुगेको केही समयमनै नमुना विद्यालय छनोट भएकोमा दैलेखका स्थानियबासीले सांसदलाई धन्यवाद सहित बधाई दिएका छन् ।

समाचार