आगन्तुकको पर्खाइमा प्रदेश संग्रहालय

देश अहिले कोरोनाको कहरमा छ । कोरोनाको कारण देशले वन्दावन्दीको सकस सहिरहेको छ ।
मिति २०७६।१२।५ मा Covid संक्रमण रोगथाम तथा नियन्त्रण उच्चस्थरीय समन्वय समितिको निर्णयानुसार देशभरका संग्रहालय सुनसान छन । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्यालगरी नेपाल सरकारले निर्णयगरेनुसार प्रदेश संग्रहालय सुर्खेतको विशेषगरी प्रर्दशनी कक्षहरु अर्को निर्देशिका नभएसम्म लाई वन्द गरिएको छ ।
संग्रहालय समाज सेवाका निम्ति मानव र उसको वरीपरिको वातावरणमा रहेका भौतिक र अभौतीक दुवैथरी साक्ष्यहरुको संकलन अभिलेखिकरण संरक्षण संवद्धन र प्रकाशन आदिकार्य गर्ने गरी अध्ययन,अनुसन्धान शिक्षाप्रदान र मनोरञ्जन समेतको उद्येश्यले स्थापित मुनाफा रहित संस्था हो ।
नेपालको कर्णाली प्रदेश पुरातात्विक ऐतिहासिक,साँस्कृतिक एंव धार्मिक विविधताको दृष्टिकोणले अत्यान्तै महत्वपुर्ण स्थल हो ।
यिनै पुराना लोपहुन लागेका सामग्रीहरुको पहिचान गरी संकलन संरक्षण संम्वद्धन तथा प्रर्दशन गर्ने उद्येश्यले प्रदेश संग्रहालयको स्थापना भएको हो । विभिन्न काल खण्डमा विकास भएको नेपाली समाजको प्रतिनिधित्व गर्ने कला सस्कृतिहरु र पुरातत्वसँग सम्वन्धित वस्तुहरुको यस संग्रहालयले विषयवस्तु अनुसार वर्गिकरण गरी विभिन्न कक्षमा प्रर्दशनी गरेको छ । मुख्यतयः दुइवटा प्रर्दशनीकक्ष भएको यस संग्रहालयमा ९०५ सामाग्री प्रर्दशनीका लागी राखिएको छ भने १०५ सामाग्री भण्डारण कक्षमा राखिएको छ ।
विभिन्न परम्परागत पोशाकहरु, गरगहनाहरु, वाजाहरु, मुद्राहरु, परम्परागत यन्त्रहरु, कलात्मक वस्तुहरु, भाँडाहरु, हातहतियारहरु, नापतौलका इकाइगत सामग्रीहरुका साथै मगर, राउटे, कुमालको सांस्कृतिक झलक दर्शाउने मोडल अर्थात डायोरामा प्रर्दशनीमा राखिएको छ ।
पछिल्लो समयमा प्रदेश संग्रहालय सुर्खेत एउटा अनौपचारिक शैक्षिक केन्द्रको रुपमा स्थापित हुन पुगेको छ । प्रदेश संग्रहालयको महत्व र यसको वहुआयमिक प्रयोजनको वारेमा प्राज्ञिक छलफल र वहसको विषय वन्न थालेको छ । संग्रहालय केवल प्राचीन वस्तुहरु संग्रहगर्ने र मनोरञ्जन प्रदान गर्ने स्थल मात्र नभइ ज्ञानवद्र्धक अध्ययन अनुसन्धान एंव ज्ञान हस्तान्तरण गर्ने एक महत्वपुर्ण थलो पनि भएको छ ।
यस प्रदेश संग्रहालयले संग्रहालय र नयाँ पुस्ताको सम्वन्धलाई विकासगर्न विद्यालयका विद्यार्थीलाई संग्रहालय सदस्यता वितरण गर्ने र संग्रहालयले आयोजना गरेका कार्यक्रममा उनिहरुलाई सहभागी गराउने कार्यको पनि थालनी गरेको छ ।
हाल यो प्रदेश संग्रहालय पर्यटकको महत्वपूर्ण गन्तव्य स्थल बन्दै गएको छ । यस संग्रहालयमा भ्रमण गर्ने आगन्तुकको संख्या क्रमिक रुपले वृद्धि भइरहेको छ । विगतका वर्षहरुमा भन्दा पछिल्लो वर्षमा यस संग्रहालयमा भ्रमण गर्ने संख्या विद्यार्थीको वढि देखिन्छ ।
विभिन्न आर्थिकबर्षको आगन्तुको भ्रमणदर यस गा्रफमा देखाइएको छ ।
नोट ः विश्वमा फैलिएको कोभिड १९ का कारण आर्थिक वर्ष ०७६÷७७ फागुनसम्म संग्राहलयमा भ्रमण गरेका व्यक्तिको मात्र तथ्यांक समावेश गरिएको छ । यस संग्राहलयमा भ्रमण गर्ने विदेशी आगन्तुकको संख्या न्यून भएकाले उक्त संख्या ग्राफमा समावेश गरिएको छैन ।
प्रदेश संग्रहालय सुर्खेतलाई आधुनिकीकरण गरी आजको युवा पुस्तालाई प्राचीन संस्कृति तथा सम्पदाहरुको वारेमा वोध गराई कर्णाली प्रदेशको इतिहास तथा संस्कृतिप्रति गर्व गर्न सक्ने वातावरणको सृजना गर्नुसक्नुपर्ने आजको आवश्यकता देखिन्छ ।
अहिले संग्रहालय सुनसान छ । कर्मचारी नियमित पुगेर रेखदेख तथा संरक्षणको कार्य भईरहेको छ । संग्रहालय आगन्तुकको पर्खाईमा छ । सरकारको निर्देशिका पछि संग्रहालय खुला गरिने छ ।




