नेपालमा लकडाउनकाे अन्त्य
काठमाडौं । सरकारले आजबाट विधवत रुपमा लकडाउनको अन्त्य भएको जनाएकाे छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर सरकारले लगाएकाे १२० दिन लामो लकडाउन आज मध्यरातदेखि अन्त्य हुने जनाएको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको थियो ।
मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता अर्था एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । तर, लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए ।




