दैलेखमा अत्याबश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द
बिकास बिसि
दैलेख : काेभिड १९ काे कारणले लामाे समयसम्मकाे बन्दाबन्दिले जनजिवन अाजित रहिरहेकाे अवस्थामा केही दिन अगाडि सरकारले लकडाउन खुलेकाे घाेषणा गरेसङ्गै केहि राहत महशुश गरेका दैलेखबासिहरू सरकारि कार्यालयमा कार्यरत कर्मचारिहरू र केही सर्बसाधारणहरूमा काेराेना सक्रमितहरू भेटियसङ्गै स्थानिय प्रशाशनले सरकारि कार्यालय, बैक तथा बित्तिय सस्थाहरूमा अत्याबश्यक सेवा बाहेक अन्य कुनै पनि सेवा प्रवाह नगर्न सर्कुलर जारि गरेकाे छ ।
दैलेखकाे प्रयाेगशालामा साेमबार गरिएकाे काेराेना परिक्षणमा २४ जनामा काेराेना सक्रमणकाे पुष्टि भएसगै स्थानिय प्रशाशनले थप सक्रमण फैलन नदिनका लागि मातहतका सबै कार्यालयहरूमा पत्राचार गरेकाे हाे ।
पछिल्लाे २४ काेराेना सक्रमित मध्य ८ जना कृर्षि बिकास कार्यालय दैलेखमा कार्यरत कर्मचारिहरूमा समेत काेराेना सक्रमण देखिएसगै सरकारि कार्यालयमा सेवा प्रवाह गर्ने क्रममा सक्रमण फैलन सक्ने भएकाले स्थानिय प्रशाशनले थप सजकता अपनायकाे हाे । जिल्लामा कुल सक्रमित सख्या ८९० पुगेकाे र सक्रमित मध्य निकाे भयर घर फर्कनेकाे सख्या ७८९ रहेकाे स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारि दिएकाे छ ।