Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

सेनिटरी प्याड खरिद प्रकरणमा शिक्षक संघ दैलेखको ध्यानाकर्षण पत्र

कुमार प्याकुरेल
दैलेख ः नारायण नगरपालिका स्थित १७ वटा बिघालयहरूमा कक्षा ६ देखि १२ सम्म अध्यनरत छात्राहरूका लागि आबश्यक पर्ने सेनिटरी प्याड खरिद प्रकरण सतहमा आएको छ ।
नारायण नगरपालिकाको २१ लाख ६९ हजार रूपया को आर्थिक सहयोगमा नगरभित्रका १७ वटा बिघालयहरूमा विद्याार्थि सख्याका आधारमा विद्यालयहरूका खातामा रकम जम्मा गरेर सेनिटरी प्याड सम्बन्धित विद्यालयहरूले नै खरिद प्रकृया मिलाएर सामान खरिद गर्नु पर्ने मा नारायण नगरपालिका कार्यालय र नगर शिक्षा ईकाईको मिलोमतोमा सुर्खेतस्थित रारा मेडिशिन सप्लायर्सबाट सेनिटरि प्याड खरिद गरि दैलेखको त्रिभुवन माबिको भवनमा भण्डारण गरेको राखेको आम मिडियामा आयसगै नेपाल शिक्षक सघ नगर कार्य समिति दैलेखको अगुवाईमा जिल्ला प्रशाशन कार्यालय दैलेखमा छानबिनको माग राख्दै निबेदन पेश गरेको नारायण नगरपालिका कार्यालय दैलेखमा विभिन्न ७ सुत्रिय माग राखि आबश्यक छानबिनको माग सहित ध्यानाकर्षण पत्र पेश गरेको नगरकार्य समिति अध्यक्ष सुशील केसिको बताए ।
सार्वजनिक खरिद ऐनलाई मिचेर नारायण नगरपालिका कार्यालय दैलेख र नगरशिक्षा इकाईका प्रमुख हिमालयजङ्ग शाहिले अघोषित तरिकाले सेनिटरि प्याड खरिद गरि त्रिभुवन माबिको दूईवटा कोठामा करिव २१८ बोरामा सेनिटरि प्याड भण्डारण गरि राखेको र त्यसको निष्पक्ष छानबिन हुनु पर्ने नेपाल शिक्षक सघ दैलेखका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
यता सोमबार मात्रै नारायण नगरप्रमुख रत्न बहादुर खड्काले पत्रकार सम्मेलन गरि नगरपालिकाले आफैले सामान खरिद नगरि नगरपालिकाले सहजिकरण गरेको जानकारि दियसगै सदरमुकाम स्थित त्रिउभुवन माध्यामिक विद्यालय भवनका २१७ बोरामा सेनिटरि प्याडका सामान भण्डारण भएको देखिनुमा घटना थप रहस्यमय बन्दै गएको छ ।

समाचार

सम्बन्धित समाचार