पहिरोमा परी ९ जनाको मृत्य
कालीकोट: कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । लगातारकाे बर्षासंगै अाएकाे पहिराेका कारण उनिहरुकाे मृत्यु भएकाे हाे ।
नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षका गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया धर्मपत्नी नैना बुढा,२४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका कालिकाेटका अनुसार ६ जनाको घटनास्थलबाटै शव निकालिकाे छ ।
र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम बाबू ओलियाले जानकारी दिएका छन । नरहरिनाथ गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीया श्रीमती मनाको मृत्यु भएको छ ।
बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताए । यसअघि सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका थिए । नगरपालिकाको वडानम्बर १ को बडलतोलामा खहरे खोलामा आएको बाढीले एक स्थानियकाे घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । चोक्टेबगरमा पहिरोमा पुरिएर बेपत्ता भएकी एकजनाको भने शव भेटिएको छ ।- सौर्य दैनिक बाट








