Loading... आजः २०८१, १९ मंसिर बुधबार

लक्ष्मी न्यौपानेको तिज गित ‘मै माग्थे बालापन’ (भिडियो सहित)

काठमाडौँः विशेष गरि आजभोलिका धेरै जसो तिजको गीतमा तडक भडक मात्र पाइन्छ । पछिल्लो समय लोक संगीतका विभिन्न गीत र तिज गीतमा समेत मौलिकाहिन शब्द साथै भिडियोमा पनि छाडा पहिरन देखाएको बेला तिज आउन महिना दिन अगाडीबाट नै पनि नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक भैसकेका छन् । नेपालीहरुको हरेक पर्वको आफ्नै महत्व रहेको छ । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो ।

आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने एक पर्वको रुपमा लिईन्छ । बर्षे बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुस्खका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । तर अहिले त्यो मौलिक संस्कार हराउँदै गएको छ ।

पश्चिमा संस्कृतिको प्रभाव र अत्याधुनिक प्रविधिका कारण पहिलेको परम्परा लोप हुँदै गइरहेको बेला माइती र चेलीको प्रगाढ माया झल्किने र तिजको गित सभ्य हुनु पर्ने कुरालाई मध्यअन्दाज गर्दै नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजको शुभकामना सहित लोक गायिका लक्ष्मी न्यौपानेको शब्द संगीत तथा स्वरमा मौलिक तिज गित” मै माग्थें बालापन”सार्वजनिक भएको छ । न्यौपानेका हरेक गित उत्तिकै उत्कृष्ट र कालजयी नै रहेका छन् ।

पछिल्लोपटक नेपालि सांगीतिक जगतमा निकै नै होमिएकी निर्देशक तथा मोडल स्मृति तिमिल्सिना”गुरुआमा”को निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् । प्रकाश धमलाले सम्पादन गरेको म्युजिक भिडियोमा स्मृति तिमिल्सिना र रिना थापाको अभिनय रहेको छ । गुरूआमा फिल्म्स प्रा।लि।ले उत्पादन गरेको यस गीतको म्युजिक भिडियो गायिका लक्ष्मी न्यौपानेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

हेनुहोस गितको भिडियो ।